उमरगाम, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने उमरगाममा नगर समिति पुनर्गठन गरिएको छ । केन्द्रीय सचीव एवं क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सदस्य कृष्ण कुँवरको विशेष उपस्थितीमा सामान्य सम्पन्न भेलाले सो नगर समिति पुनर्गठन गरेको हो ।
पुरन रानाको सञ्चालन तथा दान बहादुर राक्से मगरको अध्यक्षतामा भेला अगाडि बढेको थियो । भेलाले दान बहादुर राक्से मगरको अध्यक्षतामा उमरगाम नगर समिति निर्माण गरेको छ ।
जसमाः उपाध्यक्ष- लोक बहादुर सुनार, सचिव- पुरन राना, सहसचिव- राजेन्द्र रोकाय, कोषाध्यक्ष- चेत सारु मगर, सदस्यमाः हेम बहादुर राना, गगन खत्री, कमल थापा, कृष्ण ठकुरी, राहुल बिक, सन्तोस थापा, भागिरथ थापा, कमल बिक, सुन्दर बिक, मनोज थापा बैकल्पिक सदस्यमाः ताल सिंह गाहा, दिल बहादुर चौधरी र समर खत्री रहनुभएको छ । त्यस्तै भेलाले नेत्र गुरुङ, दिल रोकाय र चन्द्र थापालाई सल्लाकार चयन गरेको छ ।