वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति र मध्य पश्चिम भारत क्षेत्रीय समितिको संयुक्त आयोजनामा पाँच दिने साँस्कृतिक प्रशिक्षण सम्पन्न पारिएको छ ।
केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले उद्घाटन गर्नुभएको सो प्रशिक्षण कार्यक्रम २४ अप्रेलदेखि शुरु भई २८ अप्रेलसम्म सञ्चालन गरिएको थियो । २५ जना प्रशिक्षार्थीहरुको सभागिता रहेको सो प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रको अध्यक्षता केन्द्रीय सचिव वेद बहादुर कार्कीले र सञ्चालन केन्द्रीय सदस्य श्याम त्रामुले गर्नुभएको थियो । देवराज ऐरले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द थापा, कृष्ण कुँवर, रमकला काउछा, श्रीधर शर्मा, विना काउछा, महिला विभागकी शोभा धामी, क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछा, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समितिका सदस्य उषा थापा, साँस्कृतिक केन्द्रीय विभागका वोम सिंजापति लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
समापन समारोहकोमा कलाकार निशा थापाले स्वागत मन्तव्य दिनु भएको थियो र प्रशिक्षक उषा थापा जीले ५ दिन हामीले सिकेको कला दुबै क्षेत्रका कलाकारलाई सिकाएर समाजलाई बदल्न मजबुत बनाउन कलाकार भाइबहिनीहरुले महत्वपूणर् भुमिका खेल्न सफल हुनु हुने आशा व्यक्त गर्नु भयो ।
यस अघि १७ अप्रेलदेखि शुरुभई २२ अप्रेलसम्म दिल्लीमा सञ्चालन भएको साँस्कृतिक प्रशिक्षणमा ३९ जना कलाकारहरुको सहभागिता रहेको थियो ।