टाेपबहादुरका छाेरा सन्दीप बुटवलबाट पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता रहेकाे आराेप लागेका एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।

उनीविरुद्ध जिल्ला अदालत काठमाडाैँले बुधबार दिउँसाे पक्राउ पुर्जी जारी गरेकाे थियाे। उनलाई बुधबार साँझ नै प्रहरीले बुटवलबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीले केही दिनअघि उनकाे नाममा काटिएकाे डेढ कराेड बराबरकाे चेक बरामद गरिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार