सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिको दशौं सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले विरु श्रेष्ठको अध्यक्षतामा २१ पूणर्, ७ वैकल्पिक र ७ सल्लाहकार गरि ३५ सदस्यीय हिमाचल राज्य समिति निर्वाचित गरिएको छ । जसमाः उपाध्यक्ष- ठाकुर प्रसाद पंथ (सोलन), सचिव- भुवन केसी (सोलन), सहसचिव- मिथुन सिंह (रिकांगपियो), कोषाध्यक्ष- सिताराम बुढा (रामपुर), सदस्यः शोभाखर पंथ (सोलन), नेत्र गुरुङ (परमाणु), राम कुमार बुढा (सोलन), चिन्त बहादुर पुन (रामपुर), राम सिंह पल्ली (सिमला), धर्म सिंह डागर (सोलन), तुलाराम बुढा (मनाली), हेमन्त बुढाथोकी (सिमला), गणेश गुरुङ (भावनगर), बालकृष्ण छिनाल (सोलन), रन बहादुर तामाङ (रिकांगपियोे), विमला शाही (रामपुर), कनैया चौधरी (भुन्तर), साइला लामा(मनाली), जयबहादुर (मनाली), एक स्थान रिक्त, बैकल्पिक सदस्यमाः मन बहादुर महर (सोलन), रतन पुन मगर (मनाली), सोहनलाल ओली (रामपुर), करसाङ लामा (भुन्तर), बिकास खड्का (रामपुर), रतन तिरुवा (रिकांगपियो) र कुमराज (परमाणु) रहनुभएको छ । सम्मेलनले भगत राम बस्नेत (सोलन), बिसन कुमार (परमाणु), गंगाराम (सोलन), धनीराम साण्डील्या (रामपुर), किरण दहाल (भावनगर) र कमला शाही (मनाली) लाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा पनि एक स्थान रिक्त राखिएको छ ।
त्यस्तै सोही सम्मेलनको अवसरमा बिमला शाही (रामपुर)को संयोजकत्वमा सदस्यों मे कमला शाही (मनाली), किरण दाहाल (भाव नगर), माया लामा (भुन्तर), सानु माया श्रेष्ठ (मनाली), मुस्कान क्षेत्री (मनाली), सुनिता बस्नेत (मनाली), सुमित्रा ठाकुर (भावनगर), मिना गुरुङ (भावनगर), डिम्पल (रामपुर), कृष्ण माया (रामपुर), शान्ती बाबा (सोलन), चुना केसी (सोलन), मिना पंथ (सोलन), शिवा देवी पन्थ (सोलन), साध्य श्रीपाली (सोलन), आलिशा महर (सोलन), गौमाया गुरुङ (परमाणु), सुनिता राज कोटि (भावनगर), रिना (परमाणु) र जिजादेवी पल्ली (सिमला) रहेको २१ सदस्यीय महिला राज्य विभाग पनि चयन गरिएको छ ।
घोषणा सभाको अध्यक्षता शोभाखर पन्थले र सञ्चालन नेत्र गुरुङले गर्नुभएको थियो । भुवन केसीले स्वागत मन्तव्य दिनुभएको थियो । नयाँ समितिको घोषणा केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।
नव निर्वाचित समितिलाई केन्द्रीय सदस्य दिनेश खड्का, प्रेम आचार्य, विरु श्रेष्ठ, महिला केन्द्रीय विभागबाट शुष्मा खड्का, विद्यार्थी विभागबाट अजय रेश्मीले बधाई तथा शुभकामना दिनुभएको थियो । त्यस्तै सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सदस्य तिलक पौडेल, कलाकारहरुबाट विल बहादुर गुरुङले आतित्थ्यता गर्नुभएको थियो ।
सम्मेलनमा रक्तिमका कलाकारहरुद्वारा रोचक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।