नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचरी नगर समितिको आयोजनामा एकदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
२८ मे २०२३ का दिन सम्पन्न उक्त प्रशिक्षणमा केन्द्रीय सदस्य जनकराज शर्माको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य भगवती कुँवर, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल र क्षेत्रीय सदस्य विष्णु शर्माको आतिथ्य रहेको थियो ।
प्रशिक्षणमा जनकराज शर्माले देशको समसामयिक राजनितीक अवस्था, लोकेन्द्र पौडेलले मूल प्रवाहको आवश्यकता, डिल्लिप्रसाद शर्माले सदस्य सङ्गठन र अनुशासन, चन्द्रकान्त शर्माले प्रकाशन र भगवती कुँवरले महिलाका समस्या र समाधानबारे प्रशिक्षण दिनुभएको थियो ।
डिल्लिप्रसाद शर्माको अध्यक्षता तथा गोविन्द शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा हरिबहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।