कल्पना पौडेल जिज्ञासु
एक
कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानी छ
नभनी कसैलाई त्यै चरम पीडा सहने मेरो बानी छ
साहित्य रस छम्केर भुलाउँदै छु आफू र दुनियाँलाई
नत्र यो सारा जगत नै डुबाउने यी आँखामा पानी छ
दुई
सुखी त्यो घरबारमा विवादको आगो लगाएर
बाउआमा दुई किनारा सन्तान टुहुरा बनाएर
आत्मग्लानी हुँदैन हे पत्थरले बनेको मान्छे ?
कतिञ्जेल बाँच्लास् आफ्नो संसारमा रमाएर
तीन
नारीको कोमल मन भावनासँग खेलेर त्यो पुरुषजाति
गर्व गर्दै हिँड्छ यै समाजमा अझै फुलाएर आफ्नो छाती
पटक पटक मानसिक बलात्कार गरी अझै पागल बनाउन
पृथ्वीलाई भार ब्यर्थै किन बाँच्छन त्यस्ता अपराधी घाती ?