प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली पत्रकारमाथि दुर्व्यवहार (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाली सञ्चारकर्मीमाथि भारतले दुर्व्यवहार गरेको छ । नेपाली सञ्चारकर्मीलाई समाचार संकलन गर्न भारतीय सुरक्षाकर्मीले अवरोध गरिरहेको छ ।

प्रधानमन्त्रीसँगै नयाँ दिल्ली पुगेका सञ्चारकर्मीहरुलाई भारतीय सुरक्षाकर्मीले कार्यक्रम स्थलबाट धकेलेर बाहिर निकालेको उनीहरुको गुनासो छ ।

बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले आज भारतका राष्ट्रपति र उपराष्ट्रपतिसहित त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

तर, भारतीय सुरक्षाकर्मीे नेपाली सञ्चारकर्मीलाई अपमानित गरेको र नेपाली दूतावासले समेत वेवास्ता गरेको सञ्चारकर्मीले बताएका छन् ।

नेपाली पत्रकारमाथि दुर्व्यवहार भएको भिडिओमा सञ्चाकर्मीले त्यहाँका सुरक्षाअधिकारीसँग भित्र जान दिन आग्रह गरेका छन्। तर, सुरक्षाअधिकारीले ‘नो नो प्रोटोकल इज प्रोटोकल’ भन्दै अवरोध गरेको देख्न सकिन्छ ।

‘इधरसे उधर धक्का देरहेँ है । उधरसे इधर धक्का देरहेँ है । यहाँके देसी मिडियाको तो अन्दर जाने देरहेँ है’ नेपाली सञ्चारकर्मीले भनिरहेका छन्, ‘एक बार रेवतीरमणसे बात तो किजिए । आप दुर्व्यवहार कर रहेँ है सर ।’ तर, ती अधिकारीले भने ‘प्रोटोकल इज प्रोटोकल’ भन्दै उल्टै नेपाली सञ्चारकर्मीलाई आफ्नो भनाई फिर्ता लिन दबाब दिइरहेको देखिन्छ ।

एक सञ्चारकर्मीले भने, ‘अहिले नेपाली सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको देखियो । यसअभन्दा अघि हरेक पटक प्रधानमन्त्रीको भ्रमणमा यहाँ आएर भिडिओ खिच्ने, लाइभ गर्ने गर्थ्यौं भने यसपाली छेउमै जान दिएको छैन ।’

यस्तै, अर्का सञ्चारकर्मीले पत्रकारमाथि दुर्व्यवहार गरेर भारतले नेपाली जनता र देशकै अपमान गरेको बताए ।

‘यो त नेपाली पत्रकार भनौँ कि, नेपाली जनता भनौँ कि नेपाल देशको अपमान हो’ एक सञ्चारकर्मीले भने, ‘यसअघि दुई चोटी म आएँ, यो सहति तीन चोटी हुन्छ । तर, यस्तो अपमान कहिले भएको थिएन ।’

उनले भारतीय सुरक्षाकर्मीतर्फि देखाउँदै भने, ‘यि सेक्युरिटी यहीँ हुनुहुन्छ । उहाँले धकेलेर निकालेको हो हामीलाई ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार