तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आयोजना रास्ट्रघाँटी नागरिकता बिधेयक विरुद्धमा सभा सम्पन्न भएको छ ।
तारापुर नगर अध्यक्ष खडक राइको अध्यक्षता र तारापुर नगर सचिब कपिल देब पाण्डेको सञ्चालनमा अगाडि बढेको सो सभामा मूल प्रवाह केन्द्रीय सदस्य टंक कुँवरको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा रक्तिम केन्द्रीय विभागका बोम सिंजापती, मध्यपश्चिम भारत क्षेत्रीय सदस्य लेखनाथ पाण्डे, महिला बिभागबाट पुनम राई, विद्यार्थीबाट मान्सी कुँवर, तारापुर रक्तिम बिभागबाट निशा थापाको आतित्थ्यता रहेको थियो ।
‘रास्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नारा अन्तर्गत सम्पन्न सो बिरोध सभामा सहभागिहरुलाई सरस्वती पल्ली मगरले स्वागत मन्तव्य गर्नुभएको थियो ।
प्रमुख अथिती टंक कुवरले पहिलो रास्ट्रपतिले प्रमाणित नगरेर निष्क्रिय रुमा थन्किएको नागरिकता विधेयकलाई प्रधानमन्त्री प्रचण्डले भारतलाई खुशी पार्नकै लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रमाणित गराउनु गम्भिर प्रकारको राष्ट्रघात भएको बताउनु भयो । यस प्रकारका राष्ट्रघाति तत्वहरुलाई समय मै पहिचान गरि उनीहरुले गरेका गलत प्रकारका क्रियाकलापलाई जनता सामु लैजानु पर्नेमा जोड दिनु भयो ।