बिद्रोहको ज्वाला

विष्णु शर्मा (पाण्डेचरी)

आमा तिम्रो अंग अंगमा बैरिले आँखा गाड्दा
यो बाध्यताले प्रदेशीएको आत्म छिया छिया भएको छ।
तिम्रो शुरक्षाको पहरेदार हुनुपर्ने म
पराइको चौकिदार बन्नु पर्दा मन धरधरी रोएको छ॥

सासकले तिमीलाई बाच्न दिने भएनन्
तिम्रो अंग अंग बिला लगाइरहेका छन्।
रगत त चलिहेछ तिन्को शरिरमा
तर राष्ट्रियता र जनतन्त्रमा मरेतुल्य भएका छन्॥

सगरमाथा जस्तो अटल तिम्रो शिर
यिनका कुकर्मले झुकाएको छ।
संसारकै जलश्रोतको धनी देशको मुहान
यिनकै कृयाकलापले सुकाएको छ॥

हिमाल जस्तो हसिलो तिम्रो मुहारमा
मलिनता छाएको छ।
सपूत जन्मनु पर्नेमा कपुत जन्मिदा
तिम्रो अखण्डतामा आच आएको छ॥

कहिल्यै पराधिन थिइनौ तिमी
तर तिम्रा सन्तान लाचारी र लोभी निस्के।
देशका वीर जंगबहादुरहरुका
स्वाभिमानी निणर्य यिनीहरुले बिर्से॥

तिम्रो शरिरमा बैरिले धावा बोल्दा
रमिते बनी हेरेर बस्छन्।
पराइलाइ खुशी पार्नकैै लागि
तिम्रै काखमा बास गरी तिमीलाई नै डस्छन्॥

यिनै संग काधमा काध मिलाएका छन्
यिनैको बिकल्पमा आएकाहरु।
छोटै समयमा जनतालाई भ्रम पारी
उच्च जनादेश पाएकाहरु॥

फर्कदैछौ आमा बिद्रोहको ज्वाला बोकी
बाध्यताले प्रदेश पसेकाहरु।
थर्कामान हुनेछन् हाम्रो हुङ्कारले
देश भित्र पराइको बफादार भइ बसेकाहरु॥
। समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार