राजमो रुपन्देहीको छैठौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा केसी

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीको छैठौं सम्मेलन सम्पन्न भएको छ । हिंजो पार्टीका महासचिव मनोज भट्टले उद्घाटन गर्नुभएको सो सम्मेलन दुई दिनसम्म चलेको थियो ।

सम्मेलनले १७ पूणर्, ५ बैकिल्पक र ५ सल्लाहकार गरि २७ सदस्यीय रुपन्देही जिल्ला समिति निर्वाचित गरेको छ । जसमाः अध्यक्ष- टान बहादुर केसी, उपाध्यक्ष- इन्दीरा ज्ञावली, सचिव- कृष्ण पोखरेल, कोषाध्यक्ष- गोपाल प्रसाद गैरे, सहसचिव- लाल बहादुर क्षेत्री रहनुभएको छ । त्यस्तै सदस्यमाः लक्ष्मी कुँवर, हिरालाल धामी, लिलाराम खनाल, हरि राहाडी, गोपाल बञ्जाडे, हर्क टण्डन, रन मायाँ परियार, हरि केसी, भिमलाल न्यौंपाने, गंगालाल सापकोटा र दुई स्थान रिक्त, त्यस्तै वैकल्पिक सदस्यमाः यम बहादुर क्षेत्री, रेनु सिंह, विशाल पौडेल, खगेश्वर गिरी र तुलसीराम शर्मा रहनुभएको छ ।

सम्मेलनले रुक बहादुर पराजुली, पदम श्रेष्ठ, पुरुसोत्म कंडेल, कृष्णवम मल्ल र चेतनाथ आचार्यलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार