२०औं बार्षिक एरिया सम्मेलन सम्पन्न

चिदम्बरम, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत सेतियातोप एरिया समितिको २०औं बार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ ।

गोकुल बहादुर गायकको सञ्चालन र सुर्यमान गिरीको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनको उद्घाटन प्रमुख अथिति केन्द्रीय सदस्य जनकराज पौडेलले गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा पौडेलले सन् १९७९ मा स्थापना भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको लामो ईतिहास बोकेको अभिभावक संगठन भएको बताउनु भयो ।

भारतस्थित प्रवासी नेपालीहरुको अधिकारको लागि गठन भएको मूल प्रवाह आज देश भित्र परिवर्तनको आन्दोलनमा पनि सहभागी हुँदै आएको बताउँदै नेता पौडेलले-प्रवासी नेपालीहरुको मताधिकारको लागि हाम्रो संघर्ष सफल हुने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य बालाकृष्ण गायक, क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा र नारायण शर्माको पनि आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो । सम्मेलनमा सहभागिहरुलाई हेम बिजीले स्वागत गर्नु भएको थियो ।

सम्मेलनले सुर्यमान गिरीको अध्यक्षयतामा ७ पुणर् र २ वैकल्पिक सहित ९ सदस्सीय नयाँ एरिया समिति चयन गरेको छ। जसमा- उपाध्यक्ष प्रेम प्रसाद पराजुली, सचिव हेम बिजी, सहसचिव होम बहादुर जिसी, कोषाध्यक्ष गोकुल बहादुर गायक र सदस्य बालाकृष्ण गायक, विनोद जिसी र वैकल्पिक सदस्य गोविन्द बहादुर हमाल र प्रेम बहादुर गायक हुनु हुन्छ।

नवनिर्वाचित कार्यकारिणीहरुलाई क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्माले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार