भिवानी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी एवं नगर समिति निमरानाको सयुक्त आयोजनामा स्वर्गद्वारी नगरपालिका २नयाँ गाउँ प्युठान निवासी लोकेन्द्र बहादुर घर्ती धेरै बिरामी भएपछि हस्पिटल लैजाने क्रममा मृत्यु भएको थियो ।
मृतकको भाइ मूल प्रवाह नगर समिति निमरानाका सचिव गोबिन्द बहादुर घर्तिको उपस्तिथिमा पोस्टमार्टम गराई दाहसंस्कार गरि शोक सभा सम्पन्न पारिएको छ । उक्त शोकसभामा मूल प्रवाह नगर समिति निमरानाका अध्यक्ष देवराज पुन, प्रवासी नेपाली संघ भारत नगर समिति भिवानीका सचिव डिल्लिराम तिवारी, मूल प्रवाह क्षेत्रीय सदस्य गोवर्धन बि.क र मृतकले काम गर्ने होटेलका मालिक संजय सिंहले शोक मन्तव्य राख्नु भएको थियो ।
उक्त शोक सभा कार्यक्रमको सञ्चालन मनिराम अधिकारीले गर्नु भएको थियो । मृतक प्रति १ मिनेट मौनधारण राखिएको थियोे । मृतकका परिवार र संगठनका कार्यकर्ताहरुको पहलमा मृतकले काम गर्ने होटेल मालिकसँग छलफल गरि होटेल मालिकदुरा करिब (२)दुई लाख नेपाली मृतकका परिवारलाई दिने सहमति भएको छ ।