चेन्नई पश्चिम । १६ जुन २०२३ का दिन चेन्नईको पेरम्बुमा मल्लरानी-४ कसेरी, प्यूठानका लक्ष्मण श्रेष्ठको दाहसंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य गोपाल विक, चेन्नई पश्चिम नगर समितिका सदस्य प्रकाश बहादुर नेपाली लगायत अन्यत कतिपय साथीको उपस्थिति थियो । फुटपरस्तहरुद्धारा सञ्चालित अखिल भारत नेपाली एकता समाजका नेता महेन्द्र बस्याल र उमानन्द आचार्यको पनि सहभागिता थियो ।
तर, उनै महेन्द्र बस्यालले आफ्नो फेसबुक स्टाटसमा लेखेको आधार बनाएर फुटपरस्तहरुद्धारा सञ्चालित हाँक टुडेमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य केशमान नेपाली, चेन्नैई पश्चिम नगर समितिका सदस्य प्रकाश बहादुर नेपाली, चेन्नई उत्तर नगर समितिका अध्यक्ष गोपाल बिकलाई पनि फुटपरस्तहरुद्धारा अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता बताएका छन् । यसरी अरु कुनै संगठनका नेता कार्यकर्तालाई आफ्नो संगठनका कार्यकर्ता बताएर फुटपरस्तहरुले लामो समयदेखि गर्दै आएको झुटको मुखौटा खोलेका छन् ।
यस्तै गरेर भारतका विभिन्न स्थानहरुमा पनि आफूहरु नै एकता समाज भएको दाबी गर्ने र प्रचारबाजी गर्दै व्यापक भ्रम सिर्जना गर्ने कोशिस गर्दै आइरहेका छन् । उनीहरुका यसप्रकारका भ्रममा नपर्न पनि हामी हाम्र सम्पूणर् स्तरका नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरुलाई अनुरोध गर्दछौं ।
समाचारको तथ्यलाई नबुझि झुटा समाचार सम्प्रेषण गरेर हाँक टुडेले पनि आफ्नो धुमिल छविलाई झनै धुमिल पारेको छ ।