भारत शाखामा व्यापक सुद्धिकरण

नयाँ दिल्ली । नेपाल पत्रकार महासंघ भारत शाखामा व्यापक सुद्धिकरण गरिएको छ । सुद्धिकरणमा करिब १३ जना पर्नुभएको छ । लामो समयसम्म महासंघको कुनै पनि कार्ययोजनामा सहभागि नभएको र सम्पर्कमा समेत नरहेकोले वहाँहरु सुद्धिकरणमा पर्नुभएका हो ।

त्यस्तै महासंघको सुद्धिकरणमा सहयोग गर्दै स्वतः सुद्धिकरणको नियम अनुसार पूर्व अध्यक्ष लोकेश शाह र संस्थापक सदस्य केशवराज पोख्रेलले अवकाश लिनुभएको छ । वहाँहरुलाई आगामी वार्षिक साधारणको कार्यक्रममा अभिनन्दन गरिने कुरा महासंघले जानकारी गराएको छ ।

नेपाल पत्रकार महासंघ भारत शाखामा सुद्धिकरण पछि १७ सदस्यीय कार्य समिति निश्चित भएको छ । जसमाः अध्यक्ष- देवेन्द्र कुँवर, उपाध्यक्ष- गोविन्द पोखे्रल, उपाध्यक्ष- विके कृष्ण, महासचिव- धनवीर पुनमगर, सचिव- ईन्द्रकमल जैरु, सचिव- सुभाष बस्नेत, कोषाध्यक्ष- खुम बहादुर गुरुङ, सदस्यहरुमा क्रमशः देवेन्द्र केसी (रापस), अर्जुन खनाल, दिपेन्द्र ढकाल, निमल क्षेत्री, खिमराज चालिसे, टेकनारायण पौडेल (दयालु), किशन शर्मा, कमल सिंह, जुद्ध बहादुर घर्ति र दिनेशचन्द्र जयसवाल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार