जीवन रोका मगरलाई कतै देख्नु वा भेट्नु भयो कि ?

प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वार्ड ५ निवासी हर्क रोका मगरको कान्छा छोरा बर्ष २२ का जीवन रोका मगर १८ जुन २०२३ का दिन, ६ बजे साँझ तिर चप्पल किन्न जान्छु भनी निस्कीएका ब्यक्ती अहिलेसम्म सम्पर्क बिहिन छ्न । उनले चप्पल किन्न जाँदा जिन्स हाप पाइण्ट र जुत्ता लगाएका छ्न । त्यसै राती ३ बजेतिर उनी आफुहरु बस्ने कोठाको नजिकै ठूलो घरको वरिपरि घुमिरहेको अवस्थामा देखेको उनकी जीवन साथी खुशी रोका बताउँछिन ।

उनकी श्रीमती घरदेखि आएको करिब ६ महिना भएको छ । आफू र श्रीमान बिचमा कुनै प्रकार को मतभेद र अन्तरविरोध नभएको र सहझ रूपमा जिन्दगी चलेको उनकी श्रीमति खुशी रोका बताउँछिन । तर, अकस्मात यसरी सम्पर्क बिहिन हुँदा अत्यन्तै चिन्तित भैइ उहाँका आफन्त दाजु र मामा तथा काका बुबाहरुलाई सम्पर्क गरि जीवन सम्पर्क बिहिन भएको जानकारी गराएकी थिइन ।

जीवनका आफ्न्त तथा खुशीका आफ्न्तहरु सहभागीतामा केरलाको पालाकाड पुलिस स्टेशनमा गई पुलिसलाई निवेदन दर्ता गराइएकोछ । पुलिस प्रशासनले पनि उसलाई खोजी गर्ने कार्य तिव्र पारेको छ । आजसम्म पनि जीवन रोका सम्पर्क बिहिन भएको कारण सामाजिक संजाल तथा विभिन्न संघसंस्था, बुद्धिजिवि, पत्रकार सबैलाई अनुरोध गरिन्छ कि निजलाई कहिं कतै भेटेमा वा देखेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा तथा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ । जेठान संजिव पुन 9345677039, सानो बुबा गिर बहादुर घर्ती मगर 7871756629, मामा तुलसी राम घर्ती मगर 8891658104, अन्कल डोर ब रोका मगर 9207296963, मुल प्रवाह कोचिन का अध्यक्ष जुग राज राहु मगर 7012689914

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार