खिमराज चालिसे
चंडीगढ । भारतको पंजाब राज्यको डेराबसीमा २ जुलाइको उपचारको क्रममा हस्पिटलमा मृत्यु भएका श्रीधर थापाको आफन्त हरु सम्पर्कमा न आएपछि आज मूल प्रवाहले अभिभावकिय दाहित्व निर्वाह गर्दै शवको दाहसंस्कार गरेको हो।
डेराबसी प्रशासनले मूल प्रवाहका नेता कार्यक्रताहरुलाई पोष्टमार्टम पश्चात श्रीधर थापाको शव हस्तान्तरण गरेको थियो। भने दाहसंस्कारमा मूल प्रवाह समेत विभिन्न संघसस्थाका कार्यक्रता हरुको उपस्थिती रहेको थियो।
दाहसंस्कार पछि मूल प्रवाह नगरका संजय विकको अध्यक्षतामा तथा दिलमाया लुईटेलको संचालनमा सम्पन्न शोकसभामा एक मिनेट मौन धारण समेत गरिएको थियो।
हस्पिटल देखि दाहसंस्कार सम्मको सम्पुर्ण खर्च बेहोरेको मूल प्रवाहका साधारण सदस्य मदन माझीले सभामा सम्वोधन गर्दै प्रवासमा मूल प्रवाह जस्तै संगठन को आवश्यकता रहेको धारणा राख्नु भयो। भने मूल प्रवाह क्षेत्रिय सदस्य काजीमान राई, प्रवासी संघका दिपक डागी र हुकुमसिंह लगाएतले पनि शोक मन्तब्य राख्नु भएको थियो।