खिमराज चालिसे
चंडिगढ । भारतको उत्तराखण्ड राज्यको टीरी गढवालबाट नेपाल फर्कने क्रममा १२ जुलाईदेखि ऋषिकेशबाट लापत्ता खुमानसिंह ढेंगाको खोजी कार्यमा सहयोग गरिदिन परिवारले मूल प्रवाहसँग अनुरोध गरेको छ ।
मूल प्रवाह रिकांगपीओका सचिव मिथुन सिंहलाई परिवारले दिएको जानकारी अनुसार बल बहादुर ढेंगा आफनो छोरा खुमान सिङ ढेङ्गासंगै दिनांक १२ जुलाई २०२३ को गढवालबाट नेपाल फर्कने क्रममा घनसालीदेखि ऋ्षिकेशसम्म आएका थिए । त्यहाँ उनको अन्य नेपालीहरुसँग भेट भएछ । उनीहरुले आफु सुर्खेत बडिचौरको मान्छे भएको विश्वास दिलाउँदै सङ्गै जाम्ला भनि ऋषिकेसमा जुस पिलाएका रहेछन् । त्यसपछी बेहोस भएका बाबुछोरा एक आपसमा सम्पर्क बिहिन बनेका थिए ।
बुबा बल बहादुर ढेङ्गा १६ जुलाईका दिन जसोतसो महेन्द्रनगर पुगेर मूल प्रवाह रिकांगपीओमा फोन गरि घटनाको जानकारी दिंदै छोरालाई खोजी कार्यमा सहयोग गर्न मूल प्रवाहसँग अनुरोध गरेका छन् ।
सुर्खेत जिल्ला बराहाँताल गाउँपालिका वडाँ ३ निवासी बल बहादुर ढेङ्गा मगरको छोरा खुमानसिंह ढेंगा भेटिएमा भारतमा नजिकको मूल प्रवाहको कार्यालय वा नेपालमा नजिकको राजमो कार्यालय अथवा बल बहादुर ढेंगा 009779868900159 र मूल प्रवाह नगर समिति रिकागंपीओको मोबाईल +918872525366 ट मा खबर गर्न मूल प्रवाहले अनुरोध गरेको छ ।