आगजनीमा युवतीको मृत्यु, पिडित परिवारको पक्षमा मूल प्रवाह

खिमराज चालिसे

चंडिगढ, २६ जुलाइ । भारतको चंडिगढ स्थित इन्डस्ट्रीयल एरियाको एक कारखानामा २४ जुलाई भएको आगलागीमा परी मृत्यु भएकी मुस्कान उर्फ ज्योती थापाको परिवार को पक्षमा उभिएको मूल प्रवाहले आज तिन दिनसम्म लगातार अस्पताल र प्रशासनिक कार्यमा परिवारसंग सक्रिय सहभागी हुदै मुस्कान थापाको दाहसंस्कार र शोक सभा समेत सम्पन्न गरेको छ ।

चंडिगढ इन्डस्ट्रीयल एरियाको प्लाट नम्बर ३५० राजदरबारमा आमाबुबा सहित बस्ने मुस्कान थापाको उनले कामगर्ने फ्याक्ट्रीमा आगलागी हुदा उनि समेत एक भारतिय युवती सुहानी वर्ष १८ को मृत्यु भएको थियो भने तिनजना अन्य गम्भीर घाइते भएका थिए। मूल प्रवाहका कार्यक्रताहरु, परिवार र आफन्त हरुको सहभागीतामा आज दाहसंस्कार पछि शोकसभा पनि सम्पन्न गरिएको छ ।

मृतकका पिता कमल थापा को अध्यक्षतामा तथा संचारकर्मी खिमराज चालिसेको संचालनमा सम्पन्न शोकसभामा एकमिनट मौनधारण पश्चात मूल प्रवाह नगर अध्यक्ष मान बहादुर केसीले शोक मन्तव्य दिनु भएको हो। मृतक मुस्कान उर्फ ज्योती थापा सिन्धुली जिल्ला, कसौली गाउपालिका वार्ड नम्बर ३, चपौली निवासी कमल थापाको माइली छोरी हुन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार