हैदरावादमा महिला क्षेत्रीय विभागको प्रशिक्षण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा हैदरावादको सेकेन्दरावादमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसी प्रमुख प्रशिक्षक रहनुभएको सो कार्यक्रम जुलाई ३०, २०२३ शनिबारका दिन सम्पन्न भएको हो ।

प्रशिक्षण दिदै राजमोनेतृ जिसीले भारतमा रहेका लाखौँ नेपालीको अभिभावक भनेकै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भएको बताउनुभयो ।

‘नेपालीमाथि यहाँ आइपर्ने हरेक समस्याको समाधान गर्ने यदि सङ्गठन छ भने त्यो मूल प्रवाह एकता समाज नै हो’ उहाँले भन्नुभयो ।

प्रशिक्षणात्मक मन्तव्य राख्दै उहाँले संविधानले महिलालाई ३३ प्रतिशत अधिकार दिने कुरा गरे पनि त्यसलाई व्यावहारिक रूप दिने काम अझैसम्म हुन नसकिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘त्यसका लागि स्वयम् महिला नै जुर्मुराउनुपर्दछ ।

महिलाहरू राजनीतिमा पछि पर्नु भनेको समग्र अधिकारबाटै पनि बन्चित हुनु भएको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘भारतबाट स्वदेश फर्केपछि महिलाहरू क्रान्तिकारी राजनीतिसँग जोडिनुपर्दछ ।

कार्यक्रममा मूल प्रवाहका महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय सदस्य भीमबहादुर थापा, केन्द्रीय सदस्य फूलबिना पौडेल, केन्द्रीय वैकल्पिक सदस्य कृष्णबहादुर थापा, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा र क्षेत्रीय सदस्य राजु दुलालको पनि आतिथ्य रहेको थियो ।

महिला क्षेत्रीय महिला संयोजक पुष्पा पौडेलको अध्यक्षता तथा सोबिता पौडेलको सञ्चालनमा अघि बढेको प्रशिक्षण कार्यक्रममा गुमा रानाले स्वागत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार