तिम्रो यात्रा सुन्दर छ

  • प्रेम गायक

के का लागि हिड्छौ यात्री असी काटेर नि।
छाक त पक्कै टथ्र्यो होला घरमै बसेर नि।

दारी कपाल सेत्तै भई दांत झर्दा पनि।
तिम्रो यात्रा जारी नै छ असी काट्दा पनि।

सोह्र वर्षे युवक जस्तै झोला झिटी बोकी।
हिमाल पहाड तराईको मनमा मायाँ राखि।

नसुरक्षा गार्ड अघि पछी नस्वयं सेवक कोहि छ ।
सादगिको सहयात्रा अनौठो त यहि छ ।

आधा सय शुरक्षा गार्ड लिई हिड्छन कोहिले।
कुनै दिन तिम्रै चेला चेली थिए पैले।

हेलिकोप्टर चढेर गाउँमा पुग्छन उनी ।
पैदल यात्रा हिडेका छौं देश र जनता भनि।

सधै मनमा देशको मायाँ राष्ट्र र राष्ट्रियता।
पुग्छ तिमीलाई एकपेट खाना एकरात वास दिएत।

धर्ति माता गर्व गर्छिन तिमीलाई जन्म दिएकोमा।
उनले त्यहि कोखबाट लेन्डुपहरु जन्मिएकोमा ।

सादगी जीवन यसैरी बितोश निस्वार्थि रहेरै।
नझुकोस शिर कहिं मर्न परोस वलिदान दिएरै।

हिड्दै गर बढ्दै गर सहयात्री तिम्रो यात्रा सुन्दर छ ।
यो संसार त्यसैको हो जो निरन्तर र निडर छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार