जुन चालिसे
संघर्ष नै जिन्दगी हो, हार खान भएन
पाउनु पर्यो हक अधिकार नपाई भएन ।
एकतामा शक्ती हुन्छ अघी बढ्ने आउछ आँट
आउ साथी हात मिलाउ हिडौं एकै साथ ।
दुष्मनसँग भिड्न परे पनि हामी भिडौंला
मुल प्रभावहको झण्डा छोपी अघी बढौंला ।
जबसम्म हामी नारी संगठित हुदैनौं
सगरमाथा सीखरमा हामी पुग्दैनौं ।
उठ चेली गाउबाट उठ गल्ली कोठीमा
हकको लडाई जितीदैन एकै चोटीमा ।
अन्तीमसम्म चल्छ हाम्रो बर्गीय लडाई
ढीलाई सुस्ती हैन नारी गरम कणाई ।
सानो गीत हजुरको सामु लेख्ने कलम
गल्ती भए माफि दिनु शुभकामना ।