तिज गित : सुनलाई बनाइदियौ पितल 

कमला बगाले  (रैनादेवि छहरा 6 जुठापौवा)

घुम्दै फिर्दै फेरी आयो तिजको रहर ।
मंनका बेदना पोखौं संगीसाथी मिलेर ।।

80 साल तिजको शुभकामना सबैलाई ।
देशविदेशमा छरिएर रहनु भंएकालाई ।।
आफ्नै देश जान्छु भन्दा साहुले विदा दिदैन ।
गाउँघर लाई सम्झी रुन्छ यो मंन ।।
देशमा भंएका सुनजती एर्यपोटमै हराउछन ।
युवाहरुलाई पासपोर्ट दिई बिदेश पठाउछन ।
सुन हो भन्दाभन्दै देखाउछन पितल ।
यस्ता सरकारले बनाउनी भंए देश बेहाल ।।
रोजगारी खोज्दै गंएका फर्कीछन बाकसमा ।
बुढाभंएका बाबाआमा लाइ कल्ले हेर्छ देशमा ।।
कति बसौं संगीसाथी विदेशी भुमीमा ।
फर्की जाउँ अब हामी आफ्नै देशमा ।।
बाबाआमा बाटो हेरी बसेछन घरमा ।
कति बर्ष मनाउ संगीनी तिज विदेशमा ।।
धेरै बगायौ हामीले पसिना मरभुमीमा ।
रोजगारी खोज्दै जाउँ अब आफ्नै देशमा ।।

यति भन्दै महिले रोक्दछु कलम ।
यो गितको अत्य भयो लालसलाम ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार