तीज गीत : दिदि बैनिहरू एकजुट बनौं है

सरस्वती गायक

एउटै हुनु पर्छ अब हामी सबको भावना
दुइ हजार असि सालको शुभकामना

सुन्नुहोला दिदी बैनि सुन्नु होला दाजु भाई
उठ्नु पर्छ आफ्नो हक आफै लिनलाई ।

हँुदैन है दिदी बैनि मञ्चमा मात्रै बोलेर
अघि बढांै हक र हितको हिम्मत खोलेर ।

हिनौं अब दिदि बैनि घरघरमा भनेर
जेनि गर्न सक्छौं हामी एकजुट बनेर ।

पहिलो हक घरबाट, अनि बाहिर भनौंला
हामी पनि देशको स्वच्छ नागरिक बनांैला ।

हाम्रो पनि मन हो घरमा बुजिदिनुस् न
बाहिर निस्क केही गर भनि दिनुस् न ।

हँुदैन है अब हामी चुप्प लागि बेसेर
उठ्नु पर्छ एकजुट भै मुठ्ठी कसेर ।

घरको आदेश पायौं भने केहि गरौंला भन्निछ
एकजुट बनौं दिदि बैनि देश बन्नि छ ।

घरलाई अनि देशलाई पनि स्वच्छ नागरिक चाँहिन्छ
बोल्ना सके मात्रै बल्ला हक पाइन्छ ।

मनमा लाको कुराहरू केहि छ भनि भनौं है
अब दिदि बैनिहरू एकजुट बनौं है

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार