तिलक राना – हैदरबाद
1) सतिले सरापेको देश हाम्रो नेपाल,
वीर पुरुषले आर्जेको देश हाम्रो नेपाल ।।
2) नचाहिएको संघीयता जबरजस्ती लादियो,
स्वर्ग जस्तो सुन्दर नेपाल देशै भाडियो ।।
3) अमेरिकाको दबाबमा MCC पास गरियो,
कान्डै कान्ड देश भरी सत्य नास गरियो ।।
4) नागरिकता विधेयक खुकुलो गरायौ,
नास्तिक रहेछौ नेता बन्यौ परराष्ट मन परयौ ।।
5) नक्कली सरणार्थी बनाई अनागरिक बनायौ,
तस्करी र भ्रष्टचार गरि देशको बदनाम बनायौ ।।
6) सात महिनामा बाह्र फेरा बदलन्छौ सरकार,
मिलिजुली सात पुस्ता लाई जोड्यौ घरबार ।।
7) राणा गए पन्चायत गए आयो बहुदलीय व्यवस्था,
गणतन्त्र आए पनि हाम्रो उहीँ छ अवस्था ।।
8) बहत्तर सालको संविधानले कहियौ कुरा लेख्या छ,
नेताहरुको चुरी फुरी गरिबले सास्ती देख्या छ ।।
9) सांसद विघटन गरि प्रतिगमन तिर जाँदै छौ,
सत्ता मोहको लालचमा बांडी चुडी खादै छौ ।।
10) विदेशिको इशारामा चल्छौ उसकै पालना गर्दछौं,
विदेशिले साथ नदिए त्यसै मर्दछौ ।।
11) लिपुलेख लिम्पियाधारा कालापानी हाम्रो हो,
अखण्ड नेपाल बनाउने लक्ष्य हाम्रो हो ।।
12) राष्ट्रिय अखण्ड लाई बचाउन कर्तव्यमा लागौ है,
कसै सँग नझुकेर वीर सपूत भै जागौ है ।।
13) देशको सिमा मिच्दा खेरि सरकार भयो कायर,
जनता अब जाग्नै पर्छ गर्नु पर्छ आफ्नै चाहेर ।।
14) तिमि हामी सबै मिलि क्रान्ति को राको बाल्नुछ,
अत्यचारी शासनलाई जरैदेखि काटी फाल्नुछ ।।
15) निर्धा निमुखा जनता हामी एक भै उठौं है,
क्रान्ति बिगुल फुकेर जुर्मुराउदै सबै जुटौं है ।।
नयाँ संसार हेर्नलाई
1) माईतिको घरमा छंदा सुख कहिल्यै पाएनौ
छोरी भै जन्म्यौ हामी पढाउन कहिल्यै चाहेनौ ।।
2) विवाह दान गरि दियौ पराई घर पठायौ
नचिनेको नजानेको सातै डाडा कटायौ ।।
3) दुखी घरमा जन्मियो दुखी घर परियो
फुटेको कर्म रैछ केही नभाको घर परियो ।।
4) स्वदेशमा केही नपाएर विदेश तिर लागियो
अति भो नि महिला माथी त्यही भएर हक मागियो ।।
5) विदेशमा आएर पनि सुख कहिल्यै पाईएन
सामन्ती दासी संस्कार हामलाई चाईएन ।।
6) कति दिन सहने हो नारी हामिले दमन
यो व्यवस्था को गरि देउन अनुगमन ।।
7) नारी हामी बन्धन बाट मुक्ति कहिले पाउने हो
पुरुष सरह अधिकार कहिले आउने हो ।।
8) नारी बिना यो सन्सारमा सबै कुरा अधुरो
तर पनि नारी लाई सोच्छौ अती मधुरो ।।
9) थाहा छैन नारी केहो कति शक्ति छ भनेर
बिचार गर नारी हामी कति भक्ति छ भनेर ।।
10) समाजको कालो मैलो सबै मिलि फालीदीऊँ
नारी अघि बढाउने पहल कदमी चालीदीऊँ ।।
11) हामी पनि संगठनमा अघि बढ्नु छ
कुरिती र यो समाजको पाठ पढ्नु छ ।।
12) नारी मुक्ति आन्दोलन मा हातमा हात मिलाउ है
हामी सबै मिलेर नारी मुक्ति दिलाऊँ है ।।
13) अन्याय को भुमरीमा कति दिन बस्ने हो
शोषित पीडित नारी हामी कम्मर कस्ने हो ।।
14) आफ्म्नो हक आफै खोजौ अग्रसर बनेर
नारी अब जाग्नै परिवर्तन गर्छौ भनेर ।।
15) जागौ नारी सबै हामी देशको मुहार फेर्नलाई
नयाँ नौलो राज्य सत्ता नयाँ संसार हेर्नलाई ।।