- प्रेम गायक
पिर नमान्नु मेरी आमा तिजमा ऑउन पाईन।
माईत ऑउदा लाउनी लुगा केहि नि छैन।
जता गए नि मैले लाउनि त्यहि बिहेको सारी हो।
कतिपटक लगाम आमा घरी घरी यो।
त्यही सारी नि काटेर कुर्था सिलाएं छोरीलाई।
त्यही कुर्था हो यो तिजमा उसलाई बरिलाई ।
अझै शुरसार केहि छैन छोरालाई के किन्नि हो।
पछिल्लो भाग हातले छोप्दै क्यारी हिड्नी हो।
टालो हाल्नि फुर्सत पनि पाएकि छैन जांयमा।
किन्दिनी हो एकजोर लुगा पैसा पाएमा।
ज्वाईंको हालत त्यस्तै नै छ कैले साउदी कतार।
जोखिम पुर्ण काम गर्छन रे ज्यान कै खतरा।
कमाई पनि त्यस्तै नै छ दश बिस हजार पठाउंछन् ।
तिस हजार बुझेर कति बचाउं छन् ।
के देखाउन आम् आमा नाङ्गै बुङगै भयर।
सबै ऑउछन झरझुट्ट गहना लाएर।
गर् गहना चाहिन्न मलाई लाज छोप्नि नि केहि छैन।
त्यही भयर यो तिजमा म त आईन।
मिना जुना शान्ति सेती शम्झना नि ऑउनि छन् ।
केहि नभय नि एक्सरो त राम्रै लाउनि छछन्।
सिता किन आईन भनि बा आमालाई सोध्नि छन्।
फन्किएर नाच्नि बेला मलाई खोज्नि छन् ।
बोल्न खोज्लान मुख हेरेर मेरो आईडि खोजेर।
राखेकिछु साथमा मोवाईल भन्नि सोचेर।
मसॅग त नम्बर हानी फोन गर्नि मोवाईल छ।
कति दुख कहुं आमा सारै बेहाल छ।
भन्दिनु है घरको कामले आउन पाईन तिजमा।
मौका मिले भेटौंला नि बिच बिचमा।
तिज पछी ऑउछु आमा सबै साथी गयसी ।
तिजको माहुल हल्का हल्का साम्य भयसी ।
मेरो मर्म बुझ्देउ आमा आउन पाईन यसपाली।
छिट्टै ऑउछु बस आमा मन समाली ।