सहिद सरोज शर्मा, श्रद्धा सुमन

– जनक राज पौडेल

जनताका झुङ्गि झुपडीहरूमा
न्याय र समनताका आवाज बुलन्द गर्दै
सर्वहारा वर्गको राज्य ल्याउने
सुन्दर युगको परिकल्पना गर्दै
गाउँ बस्ती जगाउँदै
जनता सचेत पार्दै
आफ्नो कतर्ब्य र निष्ठामा
ईमान्दारिता प्रर्दशन गर्दै
भोक, रोग, अभावको प्रवाह नगरी
बिदेशका गल्लि गल्तीमा
नेपाली एकताको सन्देश छर्दै
चेतनाको दियो जलाउँदै
सदियौंदेखि पिल्सिएका
दासताको बन्धनमा बाँधिएका
पेट पाल्न विदेश पसेका
गल्लि गल्लिमा तड्पिएका
उत्पिडिनको भुँवरीमा परेका
संगठित एकताको
महत्व बुझाउँदै हिड्ने
तिमीप्रति श्रद्धा सुमन ।
तिम्रो त्यो निश्छल भावना
त्याग र बलिदान
राष्ट्र र जनताप्रतिको समर्पण
निमूखाप्रतिको अटुट प्रेम
ईमान्दारिताको दुरुपयोग गर्दै
कतै तिमीप्रति
कुठराघात त हुँदै छैन ?
तिम्रो प्राकृतिक ईमान्दारितामा
थरि थरि रंगहरू भर्दै
कतै कृतिम बनाईदै त छैन ?
तिम्रै गुनगान र श्रद्धाको आवरणमा
तिम्रा अधुरा सपना
ईच्छा आकाँक्षा विरुद्ध
विश्वास घाँत त गरिंदै छैन ?
तिम्रो रगत
पसिनामा सिंचिएको
शिखर चड्ने ढोरेडो
कतै अप्ठारो लागि छोडिएको त छैन?
त्यसैले तिमी जहाँ छौ
जुन अबस्थामा छौ
बाटो बिराउदाँ
अर्को बाटो हिड्दा
फेरी पनि त्यहि बाटोको दावी गर्दा
छलछाल गर्दै भ्रम पार्दा
झक्झकाउनु खबरदारी गर्नु
कान समातेर ट्राकमा ल्याउनु
तिमीप्रति औधि विश्वास छ
तिमी हिजो पनि
आज पनि
र भोलि पनि हाम्रो प्रेरणा हौ
तिम्रो बाटो नै महान छ
हामी हिडिरहेका छौं
हिडिरहने प्रण गर्दछौं
त्यसो गर्न सक्यौ भने मात्र
तिमिले पनि आफुप्रति
सच्चा श्रद्धा भएको ठान्ने छौं
त्यहि हामीले पनि विश्वास गरेका छौं
सहिद तिमीप्रति
श्रद्धा सुमन छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार