तीज गीत : तीजमा प्रगतीशिल गीत गाउँ है

हिरादेबि शर्मा

सुन्नुहोला दिदीबहिनी सुन्नुहोला दाजुभाइ
यसपालिको तीजमा स्वागत सबैलाई ।
घरमा जति सुख भएनी माइती प्यारो छोरीलाई
बाल्यकाल संझिएर गाउछु बरीलै।

तीज तिहार आएपनि जानू छैन माइती गाउँ
कस्तो भयो होला साथी हाम्रो जन्म गाउँ।
पहिला जस्तो छ कि छैन हाम्रो पानी पधेरो
माइति गाउँ सम्झेर मनै अधेरो।।

गाई चराउने बनपाखा कस्तो भए होलानी
मेरैजस्तो अरुको नी मन रोलानी।
पुतलीको बिहे गरि भाडाकुडी खेलेको
माटो मुछी त्यही माटोको रोटी बेलेको।।

हामी खेल्ने मैदानमा दुबो आइ जेलेको
झलझली सम्झन्छु उखु पेलेको।
निउवा र मेवा काटी नुन खुर्सानी साधेर
स्कुल जादा हाप छुट्टीमा खान्थेउ आएर।।

स्कुल छुट्टी हुदा गर्थेउ गाई बाख्रा चराउने
सितल बस्दा गोटा खेली बाख्रा हराउने।
नदी छेउमा गाई चराउदा पौडी खेल्थेउ पानीमा
गाई बाख्रा सबै पसे मकै बारीमा।।

चर्को घाममा हिड्ने गर्थ्यौ उकाली र ओराली
कस्तो भए होला हामी बस्ने चौतारी।
पिङ खेलिन्थ्यो बरको रुखमा चढेर
कति पटक हात भाचियो भुइमा लडेर।।

बनभोज खाइन्थ्यो जंगलमा गएर
पानी पर्दा कर्कलाको पात ओडेर।
उकाली र ओराली गर्दै जान्थेउ स्कुल
कहिले काहिँ त हामीलाई पर्थ्यो मुस्किल।।

जीवन भरि माइत बस्ने हाम्रो हक रहेन
उमेर भयो पराइ घर नगइ भएन।
बाल्यकालमा माइतमा रमाएर बसियो
लाहुरे हेरी दिनु भो बाबातप्रदेश पसियो।।

प्रदेशमा मूल प्रबाह माइती घर मिलेको
बल्ल लाग्छ ब्यबहारिक अक्षर चिनेको ।
मूल प्रबाहको झण्डा मुनि सबै जना आउ है
तीजमा प्रगतीशिल गीत गाउँ है।।
। समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार