तीज गित : उठौं अब राष्ट्रबादी

कृष्ण राना

उठौं अब राष्ट्रबादी राष्ट्रियता बचाउन
दलालले राष्ट्रियता लागे बेचन

विश्वभरमा गुलाममा नपरेको देश मेरो
अहिले आएर अमरिकाले लगायो चौघेरो

यति सानो हाम्रो देश अविकसित मुलकमा
भित्राई सके अमेरिका हाम्रो नेपालमा

विकासको भ्रम पारि अमेरिका भित्रियो
संसदमा नयाँ पार्टी उसले ल्याई दियो

रवि मात्र नभएर स्वणर्िम वाग्ले छान्दै छ
अवसरवादी दलाल नेता उसले छाम्दैछ

नेपालीको दयाले अमेरिका आछैन
कुनै पनि देशको भलो उसले चाहदैन

सानो देशलाई साम्राज्यमा पार्ने उसको चाहना
नेपालमा सफल भयो उसको योजना

जुन देशमा पस्छ ऊ अशान्ति मच्चाउछ
आफ्नो साम्राज्यमा पारि कब्जा गर्दछ

अमेरिका पसेको देश सिङ्गो कुनै छैन
नेपाललाई पनि उसले बाकि राख्दैन

नेपालभित्र पसेपछि चीन विरुद्ध लड्ने छ
हाम्रो देश रणभुमि बनाउने छ

अमरिकाको पोलिसि नेपालीले बुझौं न
एमसिसि खारेज गर्न कम्मर कसौं न ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार