तिजी गित : सामाजिक आन्दोलन

  • मुना दर्लामी

पराइ घर भित्रिए बेहुलीको भेषमा
यसपालिको तीज पनि परदेशमा।
फुलीसक्यो आमाको केस अझै भेट्न पाछैन
बाबा छैनन् मलाई यति न्यास्रो लाछैन।।

बिदैशीको गुलामी मै बाबा सोर्गे हुनु भो
हाम्रो घरको खुशी सबै संगै लानु भो।
अन्तिम पटक बाबाको पाइन मुख देखन
धेरै भयो पाएकी छैन माइत टेकन।।

आए होलान दिदीबहिनी सबै माइत दर खान
काहा सजिलो हुन्थ्यो आमा पराइ घर खान।
तीजको बेला मेरी आमा झल्को आउँछ छीन छीन
कहिले आउला तिम्रो हातको दर खाने दिन।।

तिमी पनि चिन्तित हौली तीजमा म नहुदा
रोकीहौली तिमी पनि यहाँ म रुदा।
सुम्सुम्याउदै हौली आमा संगी साथी देखेर
मत ठिक छु भन्छेउ आमा म्यासेज लेखेर।।

गीत गाउदै होलान सबले मादलु घन्काउदै
नाच्दै होलान दिदीबहिनी कम्मर मर्काउदै।
देशको सासक भनाउदाले रोजगार दिदैन
कसैलाई नी प्रदेश पस्ने मन हुदैन।।

जागिर पाइए पनि पर्ने रहेछ घुष दिन
त्यसैले त प्रदेशिए बस्न सकिन।
सानालाइ दुखै दुख ठुलालाइ चयन
जनताको दुख बुझ्ने सरकार भएन।।

बाहिर भने भाषण गर्दै मख्ख पार्छन् जनतालाई
भाको जति सुख सहेल सबै नेतालाई।
प्रदेशमा भएपनि सबै कुरा बुझ्नु छ
सामाजिक आन्दोलनमा अघि बढ्नु छ।।
। समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार