- हेम बिजी
तिजको भाका सुनाउछु भदौरे झरीलाई !
देश लुटेर नेताले खाए बरीलाई !!
सुन पैसा गाडी अनि काठमाडौंमा महल !
धनी भए नेता जति जनता कंगल !!
नक्कली शरणार्थी प्रमाणपत्र थमाउने !
अमेरिकी डलरमा पैसा कमाउने !!
नेपालीलाई भुटानी बनाउदै बेचेका !
ललिता निवास खाना कथा रचेका !!
सरकारी जग्गा जति व्यक्तिको नाउँमा !
देश लुटेको कालो धन राख्छन् कुन ठाउँमा !!
नेतासंग मिलेर सुन तस्करी बोल्दैनन् !
सुन समात्ने एअरपोर्ट मेसिन किन चल्दैनन् !!
जग्गा सुन धुकुढी नेता मिली रित्ताए !
खाना अब के छ देशमा सबै सिध्याए !!
सत्ता जोगाई पाउ भन्दै विदेशीको पाउमा !
राष्ट्रियता सुम्पी दिन्छु तिम्रै नाउँमा !!
नेतालाई गणतन्त्र जनतालाई सास्ती !
देश लुटेर नेताले गरे मोजमस्ती !!
विद्रोहमा उठौं जनता यो तिजमा एकै साथ !
देश लुट्ने देश बेच्ने नेता मुर्दावाद !!