पुष्पा पौडेल ##
आदरणीय प्रवासका दिदिबहिनी दाजुभाइ
०८० सालको तिजमा स्वागत सबैलाई
देशमा रोजगार नपाएर बिदेशिनुपरेको
दुखी जीवन बिताउनलाई बानी परेको
इष्टमित्र नातागोता टाढा भए सँगी पनि
बिरानो भो माइती देश छैन कोही पनि
विदेशका गल्ली गल्ली हिँड्नुपर्छ भौतारी
न त कोही छन् आफन्त न त दौँतरी
उचित मूल्य मिल्दैन गर्नुपर्छ श्रम
नबुझेर हामी भन्छौँ कस्तो कर्म
रहर होइन विदेसिनु नेपालीको बाध्यता
अपमानका कुरा गरी छैन साध्य त
जति काम गरे पनि पाइने होइन कहिल्यै जस
अधिकार र इज्जत छैन पार्छन् विवश
अधिकार र इज्जत पाउन मूल प्रवाहले सिकायो
स्वावलम्बी बन्ने बाटो यसले देखायो
अन्यायमा परेकालाई न्याय दिलाई हिँड्दछ
प्रवासीलाई हक दिलाउन सधैँ भिड्दछ
मूल प्रवाहको सहाराले आन्दोलनमा जुटेर
एक बनौँ मूल प्रवाहमा हुन्न फुटेर
मूल प्रवाहको नीति सही यसको बाटो नि
अवसरवादीहरू खोज्छन् पार्न फाटो नि
सङ्गठनको विरोध गर्छन् फेरि भन्छन् सङ्गठन
फुटपरस्ट साथीहरूको कस्तो अहम्पन ?
पहिले भन्दै हिँड्ने गर्थे हामी नै हौ मूल प्रवाह
अहिले फेरि गठन गरे एकता समाज
किन होला साथीहरू यस्तो कुरा गरेको
इतिहासको निरन्तरता होलान् गरेको
सङ्गठनलाई दोष लगाई यहाँबाट गएका
एउटा पनि कोही छैन सफल भएका
भए होलान् सफल एकाध निजी जीवन बनाउन
सिद्धान्त र नीति उनको थाल्यो गन्हाउन
मुक्ति पाउने अभिप्राय सङ्गठनमा लाग्नुछ
निजी स्वार्थ आकाङ्क्षालाई त्याग्दै जानुछ
बोल्न सक्ने हिम्मत सङ्गठनले जुटाउँछ
मुक्तिकामी आन्दोलनको मूल फुटाउँछ
दिदिबहिनी आमाबुबा अनि सबै दाजुभाइ
जुर्मुराई च्यात्नुछ झुट र भ्रमलाई
कुरा हैन ठुला ठुला सानातिना काम गरौँ
विचारभित्र अन्धकार छ ज्योति सबले छरौँ
उठौ जुटौँ दिदिबहिनी बनौँ यसमा सरिक
मूल प्रवाहमा गोलबन्द हौँ भारतभरिका
अन्यायका विरुद्धमा लेख्ने मेरो कलम
यो गीतको अन्त्य गर्छु लालसलाम