म मूल प्रवाह मै छु : महतारा

नयाँदिल्ली । फुटपरस्त तत्त्वहरूले भ्रम फैलाएपछि तेजनारायण महताराले आफू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमै रहेको स्पष्ट पार्नुभएको छ ।

२०८० भदौ २५ गते सोमबार स्पष्टीकरण जारी गर्दै उहाँले आफू मूल प्रवाहको नाडियाड नगर समितिको सचिवमा क्रियाशील रहेको बताउनुभएको हो ।

स्पष्टीकरणमा उहाँले आफू हालसम्म अखिल नेपाल युवक सङ्घ दैलेखको जिल्ला अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान दैलेखका अध्यक्ष र मूल प्रवाहको पश्चिम भारत क्षेत्रीय समितिको सदस्यमा काम गरिसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ स् “हाल फुटपरस्त तत्त्वहरूको भ्रमलाई चिर्दै आफ्नो पुरानो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै रहेको ब्यहोरा स्पष्ट पार्नै चाहान्छु ।”

उहाँले भारतमा छरिएर रहेका नेपालीसित फुटपरस्त तत्त्वको भ्रममा नपरी मूल प्रवाहमा फर्किन पनि आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार