हैदराबादमा तीजि कार्यक्रम भब्य र ऐतिहासिक रुपमा सम्पन्न

रामप्रसाद पौडेल,

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय महिला बिभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, संघीयता र एमसीसीको खारेज गरौं’ भन्ने नाराका साथ हैदराबादमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख बक्ता मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल हुनुन्थ्यो । उहाँले सम्बोधन गर्दै तीजि कार्यक्रमको ऐतिहासिक पक्ष, बर्तमानमा तीजि कार्यक्रमलाई मौलिकता भन्दापनी विभिन्न कुरिती र कुसंस्कारलाई अँगाल्दै छाडा र बिकृती सृजना गर्ने प्रकारले दर खाने नाममा ठुला ठुला होटेलहरू बूक गरेर व्हिस्की र बियर खाने, गर गहनाले झपक्कै भएर प्रतिस्पर्धामा उत्रने गतिविधिले महिलाहरूको अधिकार र स्वतन्त्रता प्राप्त भएको ठहरिदैन,बरु महिला हरूले हक अधिकार प्राप्त गर्नको लागि बरु सचेत र संगठित हुनुपर्ने आबस्यकता औंल्याउनु भयो ।

अहिले पुँजीवादी संस्कृतिले बिक्षिप्त बनाएको हाम्रो मौलिकतालाई जोगाउँदै बुर्जुवा होइन प्रगतिशील संस्कृतिको बिकास गर्दै अगाडि बढ्न सक्यौं भनेमात्र बास्तबमा महिला मुक्ती आन्दोलनको बिकास गरेर लैजान सम्भव हुनेछ भन्नुभयो । अहिले हाम्रो देशको राष्ट्रियता र ६ दशक लामो संघर्षको बलिदानाबाट प्राप्त भएको गणतन्त्र माथी खतरा निरन्तर रुपमा रहिरहेको अबस्थामा यसलाई जोगाउन पर्ने र यसको जगमा टेकेर नै अगाडिको कार्ययोजना बनाउँदै अगाडि बढ्नुपर्नेमा कतिपय आफुलाई क्रान्तिकारी भन्नेहरू राजाबादी कै स्वरमा गणतन्त्र सिद्धाउन लागिरहेका छन् । तर, उनीहरूको न कार्यनीति छ । म कुनैप्रकारको रणनीति नै, केबल बिरोधका लागि मात्र बिरोध गर्ने उनीहरूको उद्ध्योग चलिरहेको छ, यो धेरैबेर टिक्न सक्ने छैन’ भन्नुभयो ।त्यसैगरी हाम्रोजस्तो सानो देशमा संघीयता टिक्न नसक्ने र यसलाई कुनैपनी हालतमा खारेज गर्नुपर्ने बताउनुभयो, अमेरिकी साम्राज्यबाद ले आफ्नो सामरिक स्वार्थ पूरा गर्न ल्याएका सदनबाट पारित गरिनु ठूलो बिडम्बना हो, यसले राष्ट्रघात गर्दछ किन भने एउटा अमेरिकी कम्पनिको कानुन सार्बभौमसत्ता सम्पन्न । राष्ट्रको कानुन भन्दा माथी हुनु सिधा स्वाधीनता माथिको आक्रमण हो भन्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य फुलबीना पौडेलले महिलाहरूले परंपरागत प्रकारबाट नभै प्रगतिशील तरिकाले तिजलाई बुझ्न सक्यौं भनेमात्र तिजको बिकृतीलाई रोक्न सक्नेछौ भन्नुभयो । कार्यक्रममा मूलप्रवाहका केन्द्रीय प्रतिनिधि के रतन सिंह, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य राजु दुलाल, रक्तिम केन्द्रीय बिभाग कि माया थापा, रक्तिम क्षेत्रीय बिभाग कि संयोजक कृष्ण कुमारी बिक, महिला उत्तर नगर बिभाग कि संयोजक बिजुला शर्मा, दक्षिण महिला बिभागकी संयोजक गुमा राना, बिद्यार्थी क्षेत्रीय बिभाग कि सदस्य प्रियांका बिकले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन गङा कडायतले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता महिला क्षेत्रीय बिभाग कि संयोजक पुष्पा पौडेलले गर्नुभएको थियो । उपस्थिति जनमानस्लाई सबिता पौडेलले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । उक्त प्रगतिशील तीजि कार्यक्रममा महिला अधिकार, मताधिकारको अधिकार, प्रवासी जीवनमा भोग्नुपरेको कथा ब्यथा, संघीयताको खारेजी एमसीसीको खारेजी, गणतन्त्रको रक्षा, समाजमा महिला माथी हुने गरेको उत्पिडन हिंसा आदि बिषयमा गितहरू सृजना गरि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा १३ टोलिद्धारा गित र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिमका तीजि गितहरूमा रक्तिमका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए, जसले कार्यक्रमको उत्साह अझै बढेको थियो । महिला क्षेत्रीय बिभाग, उत्तर नगर बिभाग, दक्षिण महिला बिभाग, सापुरनगर एरिया, हैदरनगर एरिया, सैनिक पुरी एरिया, सेकेन्दराबाद ए एरिया, सेकेन्दराबाद बि एरिया, नाचाराम एरिया, कुसाइगुडा एरिया र रक्तिम क्षेत्रीय बिभागले तीजि गित र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार