राजतन्त्रका मतियार

रबि पौडेल

सङघर्षबाट प्राप्त अधिकार
गणतन्त्र र धर्मनिरपक्षता हुन्
राजतन्त्रका मतियारहरुले
यिनै दुई नारामा आँखा गाडेका हुन् ॥

धार्मिक द्वन्द्व निम्तेको कुनै भागमा
राजतन्त्रका मतियारहरु थालेका छन् जाग्न
धार्मिक अपराध रोक्नु पर्छ सरकार
कानुनि कार्यबाहि अभिलम्ब गर सरकार ॥

सहिदहरुको सपना खेर नजाओस
गणतन्त्र र धर्मनिरपेक्षता गुम्न नपाओस्
क्रान्तिकारी कम्युनिस्टहरु एकजुट हुनुपर्छ
बर्गसङघर्षको इतिहास जोगाउनु पर्छ ॥

सर्वहारा मजदुरहरु लामबद्व हुदै जानुपर्छ
राजतन्त्रका मतियारहरुले हार खानु पर्छ
शैयाबाट राजतन्त्र फर्काउने कुरा नगर
जिउँदै लास बोकेर मतियारहरु कुद्ने नगर ॥

नेताहरूले गल्ती गरेकै हुन नयाँ ब्यक्ति चुनौ
ठुला दलहरु रास्टघाति हुन जनताले मनन गरौ
दलहरूको कमजोरी राजतन्त्र हुन सक्दैन
अन्त भएको ब्यबस्था फर्केर आउन सक्दैन ॥
मितिः-१९ सेप्टेम्बर २०२३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार