युवक सङ्घका पूर्व अध्यक्ष पुनको सत्रौँ स्मृतिसभा (फोटासहित)

बुटवल । विद्यार्थी नेतासमेत रहनुभएका अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष हेमप्रसाद पुनको सत्रौँ स्मृतिदिवस कार्यक्रम सम्पन्न भएको छ ।

अखिल (छैठौं) का केन्द्रीय सचिव सरोजमान सिंहको प्रमुख आतिथ्यमा २०८० असोज ७ गते राजमो प्रदेश कार्यालय बुटवलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्मृतिशेष पुनको कम्युनिस्ट आन्दोलनमा योगदानमाथि केन्द्रित रहेर प्रमुख अतिथि सिंह, राजमो केन्द्रीय सदस्य गणेश आचार्य र राजमो कार्यालय सचिव भीमलाल न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा अखिल नेपाल जनजाति सम्मेलनकी महासचिव उषा पुन, राजमो केन्द्रीय सदस्य सोमकुमार कार्की, राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतमको आतिथ्य रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सागर बेलबासेले तथा सञ्चालन लक्ष्मण बन्जाडेले गर्नुभएको थियो ।

      

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार