हैदरावाद । सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १२ स्थायी घर भई हाल Radiant ELastomers company Jeedimetla Hyderabad मा गत ४५ दिनदेखि सहयोगीको रुपमा काम गर्दै आउनुभएका राम बहादुर मगर बर्ष ३५ को, २२ सितम्बर २०२३ का दिन दैनिक ८ घण्टा डियुटी सकिए पछि थप सयम काम गर्दैगर्दा पिउने पानीको बटल हातमा लिएर आउँदै गर्दा डराए जस्तो आवाजमा चिच्याएर ढलेको प्रत्यक्षदर्शि बताउँछन् ।
त्यसपछि तुरुन्त नजिकको हस्पिटलमा लगेर सामान्य जाँच गर्दा डाक्टरले हृदयघात भई निधन भएको घोषणा गरेका थिए । त्यसपछि मूल प्रवाह अखिले भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य थान बहादुर क्षेत्रीलाई जानकारी गराउनु भएछ । जानकारी आए पछि क्षेत्रीय समितिका कोषाध्यक्ष घनश्याम शर्मा हस्पिटलमा राती ११ बजेदेखि १ बजेसम्म आवश्यक काम प्रक्रियाको लागि पहल गर्नुभएको थियो ।
२३ सितम्बर २०२३ यहा मृतकको आफन्त कोही नभएको र नेपालबाट भाई बेलुकासम्म आउने भएपछि रोकिएको थियो । २४ सितम्बर २०२३ का दिन कम्पनी मालिकसित क्षेतीपूर्तिको कुरो गरियो । तर, मृतकको श्रीमति छोरा छोरी आमा कोहि नभएको हुँदा बुबाको नाममा एक लाख पचास हजार भाईलाई काडमाण्डदेखि हैदराबाद आउने जाने र्खच र दाहासँस्कार लगायतको र्खच दिने सहमति गरि प्रशासनिक र हस्पिटलको सबै प्रकिया पुरा गरि दाहासंस्कार गरिएको थियो ।
२५ सितम्बरका दिन घनश्याम शर्मा कम्पनी मालिक मृतकका भाई र गाउँका साथीहरु बसि बुबाको नाममा एक लाख पचास हजार भाईलाई काडमाडौंदेखि हैदराबाद आउने जान पेलेनको टिकट खाने खर्च सहित भारु बयालिस हजार र काम गरेको तनखा भारु. आठ हजार गरि भारु दुई लाख दिलाइएको छ ।