– जनक राज पौडेल
काँधमा जनै नभिरेको
एउटा अनौठो बाहुन पण्डित बन्छ
पेपरमा अर्काले थमाई दिएको
मन्त्र वालकलाई सुनाई दिन्छ
अनि भन्छ- यो जनै कहिल्यै ननिकाल्नु काँधबाट,
विचारा बालक अलमल्ल पर्छ
एक छिन चुपचाँप सुन्छ ।
किन कि वालकले देखेको छ
गुरुले कहिले जनै लाउछ
कहिले फाल्छ,
अनि
मनमनै कुरा खेलाउन थाल्छ
गुरुले यो यो महिना फाल्नु
त्यो त्यो महिना लगाउन भन्नु पर्ने हो
तर कहिल्यै ननिकाल्नु भन्न नपर्ने हो
चित्त बुझाए झै गर्छ
म पनि गुरु जत्रै
भएसी कहिले फाल्ने
कहिले लगाउने होला सोच्छ।
अँह रोकिन्न मुखाले वालक
प्याँच्च मूख छोड्छ
गुरु हजुरले लगाउनु भएको छ जनै ?
गुरुको पारो तात्छ
थत् चुँप लाग,
मेरो निकाल्ने सिजन हो
गुरुले नलगाए पनि, लगाए जस्तै हो
विचरा वालक नतमस्तक हुन्छ
यी सिजनेरी जनै लगाउने गुरु रहेछन्
अहिले सिजन रहेछ क्यारे चुप्प हुन्छ।
अब त्यो सिजनेरी भन्ने के हो
वालकका मनमा कुरा खेल्छ
त्यहि कुराले सताउन थाल्छ
वालक अरु जिज्ञासु बन्छ।
किन कि उस्ले
गुरुका पाटी पौवाका गफ
नजिकबाट सुनेको हुन्छ
तडक भड्क देखिरहन्छ
अनि सोच्छ संझिन्छ
गुरुका कहिले काँहिका प्रवचन
भगवान छैन,
त्यो केही होईन
यो मान्नु पर्दैन, त्यो मान्नु पर्दैन
काँधमा धाँगो किन लगाउने ?
पुजाँ आजाँ हेराउने चराउने किन गर्नु पर्ने ?
सब झुटा हुन्
अौघात हुन्
आदि ईत्यादि….
यसो भन्ने गुरु
आज मन्त्र सुनाउदै छन्
कहिल्यै जनै नफाल्न उपदेश दिदैछन्
आज आफै चौका चडेका छन्
ज्योतिषले माटोमा पुजा गर भन्दा
वढो शान्ता स्वभावमा गरेकाछन्
पैसोमा गर भन्दा गरेका छन्
समय समयमा
जग्याँ तिर जल पनि छर्केका छन्
घुम भन्दा घुमेका छन्
बस भन्दा बसेका छन्
उठ भन्दा उठेका छन्
खिस्सी टियूरी गर्ने
जजोमानको आदेश
एक एक ब्याक्यांश मानेछन्।
अबोध वालक छक्क छ आज
गुरुको पुँजापाठ गर्ने सिजन रहेछ क्यारे!
मन मनै सोचेको छ
एकजना उप्रेतका छोराले
भन्दै थिए एक दिन
पण्डितका घरमा मा सबै चल्छ
बार्नु केही पर्दैन
अरुले घर छोड्न पर्यो भने
दिन नहेराई साईत पर्दैन
वालक तीन छक आज
जनै नभिरेको पण्डित भा छ
जनै नलगाएको ले नफाल्न उपदेश दिन्छ।
वास्तविकता
गुरु का देखाउने दाँत छन्
चपाँउने बङ्गारा छन्
अबोध वालक मात्र होईन
केही वर पर पाटी पौवा सिजनेरी
गफ सुन्ने हरु पनि अनविज्ञ छन्।
गुरु साच्चै मौषमी छन्
त्यो कत्ति ढाट्या छैनन्
वास्तविक रुप
लुकाउने कोसिस गरे पनि
अवसर पाउँदा छोप्या छैनन्
स्वार्थी छन्
त्यो पनि ब्यवाहारले देखाएका छन्
गफ एउटा गर्छन्
काम अर्को गर्छन्
विरोध गर्नु पर्ने र गर्ने संस्कार
आफुले मान्दै आएका छन्
तर, गफ गर्ने मौका पाए
भौतिकबादी बन्दिएका छन्।
गाह्रो यहाँ भएको छ,
कडा भौतिकबादी देखिन पर्ने हुटहुटी छ
अस्पष्टताले धेरा तोड्न अप्ठारो छ
त्यसैले गुरु सिजेनरी बन्नु परेको छ।