- जुना चालिसे
आतुर हुन्छ समाज पेटमै छोरा-छोरी चिन्न ।
पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न॥
हजार सवाल उठाएर बाच्न वाध्य छ नारी ।
क्रान्ती ज्वाला दन्काउ अब न परौ पछाडि॥
हजारौ गल्ती गर्ने पुरुष हिडने ढुक्क बनी।
यो समाजमा परिवर्तन ल्याउन सक्छौ हामी॥
चुलो चौको गर्ने हातहरूले कापीकलम छोप्छन।
यो समाज को चलनचल्ती नारीले नै फेर्छन।
डरत्रास धम्कीले बल्झेको नारीको जीवन।
स्वतन्त्रताको खुल्ला आकाशमुनि बाच्ने जीवन।
नारी पुरुष बराबर भन्दै गरिरहने त्यी भाषण।
भित्रभित्रै शोषण दमनमा बाचेको हाम्रो आभास॥
परिवर्तनको आधिवेहोरीमा मिल्काउनु छ।
नया संसार नया व्यवस्था धर्तीमा जन्माउनु छ॥
सासफेर्ने लास होइन स्वणिम संसार देखाउनुछ।
परिवर्तनका आकुरा यहिबाट हामीले रोप्नुछ॥
भ्यागुतलाई झै मिल्काउने यो समाजलाई फेरौ।
स्वतन्त्र आकाशको पंक्षी सरी यो संसार हेरौ॥
छोरी भनि नाकै चिम्राउनेको मुखै बन्द गर्नुछ ।
पिछडिएका महिला हरुको लागी हामी लडनुछ॥
क्लाराजेटकिनको पथमा हामी सधै हिडनु छ ।
रोजालक्ष्मवर्गको जस्तै साहास देखाउनुछ।।
पोथी बास्यो भन्ने यो संरचना नै ध्वस्त पार्नुछ।
नारि अधिकारका स्तम्भहरु सुदृढ़ पार्नुछ॥
सम्पतीमा हक र समान अधिकार चाहिन्छ।
पुरुषको बराबर समाजमा सम्मान चाहिन्छ॥
समाज परिवर्तन को ज्वाला बनि अगि बढनुछ।
हर लुकेका आवाजलाई जुर्मुराइ उठाउनु छ ॥
हेपिएका बस्ती जगाउदै अगाडि बढाउने छौ।
दबिएका आवाज संगठित गर्दै हुंकार भर्नेछौ॥
नारीकै आवाज संखनाद गर्दै समाज फेर्नेछौ।
क्रान्तिज्वालामा नारी विभेद सबै ध्वस्त पार्ने छौ।