अलपत्र परेकी शर्मिला थापालाई मूल प्रवाहद्वारा उद्दार

हैदरावाद । बाग्लुङ जिल्ला जैमिनी नगरपालिका ७ सुम्सा निबासी नर बहादुर थापाले आफ्नी घघ वर्षिय श्रीमती शर्मिला थापा र तीन वर्षिय छोरा सन्तोस थापालाई अलपत्र पारेर हैदराबादबाट फरार भएपछि शर्मिला थापाले उद्दारका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिमा निवेदन दिएकी थिइन् ।

समाजको पहलमा निज शर्मिला थापालाई बाटाखर्च सहित गुल्मी बाग्लुङ टूर एन्ड ट्राभलसको बसमा १६ अक्टुबर २०२३ का दिन नेपाल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार