उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यको हरिद्वारबाट एक नेपाली वृद्ध हराएको समाचार प्राप्त भएको छ । हराएका ६४ वर्षीय मुनु बुढा ३० अक्टुबर २०२३ देखि लापत्ता भएका हुन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सहसचिव मिथुन सिंहले दिएको जानकारी अनुसार नेपाल तातोपानी गाउँपालिका, वडा नम्बर ७, ताम्ती जुम्ला कर्णालीका स्थायी निवासी मुनु बुढा हिमाचल प्रदेशको शिमला स्थित ठियोगमा रोजगारिको सिलसिलामा बस्दै आएका थिए ।
२९ अक्टूबरका दिन मुनु बुढा एउटा चिन्ने व्यक्तिसँग स्वदेश जानको लागि शिमलाबाट हरिद्वार जाने बसमा चढेका थिए । बसमा उनको दुई अन्य नेपाली यात्रुसँग चिनजान भएको बताइएको छ । ३० अक्टूबरका दिन बिहान ८ बजे हरिद्वार पुगेपछि मुनु बुढा आफ्नो सामान साथमा आएको व्यक्तिसँग छोडेर बसमा चिनजान भएका दुई नेपाली यात्रुसँग हिंडेपछि एक्कासी बेपत्ता भएको प्रत्यक्ष दर्शिहरु बताउँछन् ।
मुनु बुढाको साथमा आएका व्यक्तिले केही बेर उनको प्रतीक्षा गरेको तर, न त मुनु बुढा फिर्ता आए र न उनी दुई जना नेपाली फर्के । उनीहरु केही बेरसम्म नफर्के पश्चात मुनु बुढाका साथीले वर पर उनको खोजिको धैरे प्रयास गरे तर, कुनै अत्तो पत्तो नलागेपछि साथ आएका व्यक्तिले मुनु बुढा उनी दुवै जना नेपालीसँग हिंडेपछि बेपत्ता भएको सूचना हिमाचलमा बस्ने उनको भतीजा ठन्डीराज बुढालाई दिएका थिए ।
ठन्डीराज बुढाले काका मुनु बुढाको खोजिमा सहयोगका लागि मूल प्रवाह नगर समिति रिकांग पिओमा निवेदन दिएपछि समितिका पदाधिकारीहरुले आफ्नो स्तरमा मुनु बुढाको खोजिमा प्रयासरत छन् ।
६४ वर्षीय वृद्ध मुनु बुढा अपरिचित दुई जनासँग सम्पर्क विहीन भएपछि उनीसँग कुनै अप्रिय घटना हुन सक्ने भयमा चिन्ताले परिवार र आफन्तहरुको बेहाल भएको छ । उनको भतीजा ठन्डीराज बुढाले हिमाचल सहित भारत भरि रहेका सम्पूणर् नेपाली संघ संस्थाका साथै सम्पूणर् नेपाली समुदायसँग मुनु बुढाको खोजिमा सहयोगका लागि अपिल गरेका छन् ।
यदि कहीं कतै कसैले तस्वीरमा देखिएका मुनु बुढालाई देखे वा भेटेमा नजिकको प्रहरी चौकी अथवा ठन्डीराज बुढा 8894670979 वा मिथुन सिंह (एकता समाज) 7018584649 लाई सम्पर्क गरि जानकारी गराउन हार्दिक अनुरोध छ।