किन्नौर । बेरोजगारी, बढ्दो महंगाई र श्रममा चर्को शोषणको मार प्रत्यक्ष रुपमा श्रमजिवी वर्गलाई परेको छ । यो समस्याको मार नेपाली श्रमजिवीहरुलाई पनि पर्न थालेको छ । विभिन्न समस्याहरुबाट प्रताडित भई दिन प्रतिदिन हिमाचलको किन्नौरमा प्रवासी नेपाली मजदुरहरुको आत्महत्याको घटना भै रहेको समाचार प्रकाशमा आएकाछन् ।
यसै बीच २९ अक्टोबर २०२३ का दिन पनि एक नेपालीले आत्म हत्या गरेको जानकारी हामीलाई प्राप्त भएको छ । मृतक दाङ बबई ५, खाल्टे निवासी भोज राज रावलको रुपमा पहिचान खुल्न आएको छ । उनी यज्ञबहादुर रावलका ३४ वर्षीय छोरा हुन् ।