रामपुर (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन, दत्तनगर, ज्यूरी र थानेदार एरिया समितिको संयुक्त भेला सम्पन्न भएको छ । भेला केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आत्थ्यितामा सम्पन्न भएको हो ।
‘देशको राजनीतिक र आर्थिक कारणले नै हामी विदेशीन बाध्य भएका हौं । त्यसैले हामी सामाजि क्षेत्रमा मात्रै सिमित भएर पुग्दैन । सचेत राजनीतिक चेतना विनाको संगठन कुनै औचित्य हुँदैन ।’ अध्यक्ष खनालले भन्नुभयो- ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाकालदेखि नै भारतस्थित नेपालीहरुको हकहित एवं देशको जनतन्त्र जनजिवीको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेकाछ ।’ ‘अहिले हामी संगठन स्थापनाको ४५औं वर्षमा प्रवेश गर्दैैछौं, यो ४४औं वर्षको अवधिमा हामीले कैयौं उपलब्धिहरु प्राप्त गरेकाछौं तर, त्यतिले पुग्दैन । नेपालमा आमुल परिवर्तन नहुँदासम्म हामी भारतस्थित नेपाली श्रमजिवीहरुको समस्या समाधान हुन सक्दैन ।’ खनालले भन्नु भयो- ॅत्यसैले हामी भारतमा नेपालीहरुमाथि आइपर्ने समस्या समाधान गर्नुको साथै राजनीतिक संघर्षमा होमिन जरुरी छ ।’
भेलाको अध्यक्षता शेरसिंह कल्याणले र सञ्चालन शुक्र बहादुरले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई रामकुमारले स्वागत गर्नुभएको थियो । भेलामा केन्द्रीय सदस्य तथा राज्य समितिका अध्यक्ष विरु श्रेष्ठ, हिमाचल राज्य समितिका कोषाध्यक्ष तथा नगर अध्यक्ष सिताराम बुढा, राज्य समितिका सदस्य तथा नगर सचिव चिन्ता बहादुर पुन, राज्य समितिका सदस्य तथा महिला विभाग राज्य संयोजक विमला शाही र राज्य समितिका सदस्य बलजीत सिंह बाबाले आतित्थ्यत एवं भेला सफलताको शुभकामना दिनुभएको थियो ।
थानेदारबाट सोहनलाल ओली, दत्तनगरबाट मनबहादुर, कुमारसेनबाट चन्द्र बहादुर र ज्यूरीबाट विमला शाहीले नेपालीहरुको समस्या तथा संगठात्मक अवस्था बारे रिर्पोटिङ प्रस्तुत गर्नुभएको थियो । सम्पन्न संयुक्त एरिया भेलाले चारवटा एरिया समितिको पूनर्गठन गरिएको छ । जसमाः
कुमारसेन एरिया समिति :
अध्यक्ष- गगने ओली, उपाध्यक्ष- प्रेम बुढाथोकी, सचिव- शुक्रबहादुर, सहसचिव- कमल विसी, कोषाध्यक्ष- चन्द्र बहादुर, सदस्यहरुमा क्रमशः धनिराम साण्डल्या, इश्वरी देवी, खड्क ओली, पदम राना, दिपक घर्ती, लिला ओली, काशिराम, पार्वती पन्थ, वैकल्पिक सदस्यमाः रामु थापा, राजु थापा, दल बहादुर र एक स्थान रिक्त रहेको छ । त्यस्तै भेलाले नर बहादुर बोहरा, डिमपल, नर बहादुर र रिमा ओलीलाई सल्लाहकार चयन गरेको छ ।
दत्त नगर एरिया समिति :
अध्यक्ष- लाल बहादुर रावत, उपाध्यक्ष- कृष्ण मायाँ थापा, सचिव- भावना सिंह, सहसचिव- गिता खत्री, कोषाध्यक्ष- रामकुमार ए, सदस्यहरुमा क्रमशः रामकुमार वि, मुनादेवी, पार्वती थापा, रिता पुन, वैकल्पिक सदस्यमाः मन बहादुर, कमला खत्री र कमला देवी रहनुभएको छ । त्यस्तै भेलाले रणवीर, रिता न्यौंपाने र रामकुमार थापालाई सल्लाहकार चयन गरेको छ ।
ज्यूरी एरिया समिति :
अध्यक्ष- धनमाली, उपाध्यक्ष- विन सरा थापा, सचिव- दिपक बोहरा, सहसचिव- राजु तमाङ, कोषाध्यक्ष- कृष्ण थापा, सदस्यहरुमा क्रमशः विमला शाही, धर्मराज पुन, खिमलाल थापा, वैकल्पिक सदस्यमाः लिला, संझना थापा र पवित्रा रहनुभएको छ । त्यस्तै भेलाले विना, मिना र पार्वतीलाई सल्लाहकारमा चयन गरेको छ ।
थानेदार एरिया समिति :
अध्यक्ष- शक्ति सिंह थापा, उपाध्यक्ष- संभु थापा, सचिव- सन्तोष खत्री, सहसचिव- प्रकाश सुनार, कोषाध्यक्ष- लेखराज खासु, सदस्यहरुमा क्रमशः शेरसिंह कल्याण, सोहनलाल ओली, काँशिराम थापा, विष्णु थापा, वैकल्पिक सदस्यमाः हरिकला कल्याण, सुमित्रा थापा र फूलमायाँ थापा रहनुभएको छ । त्यस्तै भेलाले रुपा ठाकुर, हरिप्रसाद र गणेश थापालाई सल्लाहकामा चयन गरेको छ ।
गगने ओली, लाल बहादुर रावत र प्रकाश सुनारले संगठनले दिएको जिम्मेवारी निभाउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता प्रकट गर्नु भयो ।