रामप्रसाद पौडेल
हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा २०८० सालको शुभ दिपावलीको अबसरमा शुभकामना आदानप्रदान तथा जनबादी देउसिभैलो कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट रुपमा मूल प्रवाहका महासचिव प्रेम पौडेलले सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले बडादशैं शुभ दिपावली तथा छठको पावन अबसरमा सु-स्वास्थ्य, सुख शान्ती र समृद्धिको कामना गर्नुभएको थियो । दिपावालीको अबसरमा देउसी भैलो कार्यक्रमलाई आत्मसात गर्दै आर्थिक सहयोग गर्नुहुने सम्पुणर् सम्पूर्ण स्तरका कार्यकर्ता, आम जमुदाय, एवं दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यबाद दिनुभएको थियो । त्यसका साथै हामीहरुले कुनैपनि पर्बहरुलाई प्रगतिशिल तरिकाले मनाउन प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै मध्य दक्षिण क्षेत्रीय समितिको देउसी भैलोलाई मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिका सल्लाहकार रनबहादुर पौडेल एक लाख चार हजार पाँच सय रुपैयाँ (१,०४,५००/-) सहयोग प्रदान गर्नुभएको थियो । उहाँ लगायत सहयोग गर्नुहुने सम्पुणर् नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गर्दै शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा केन्द्रीय सदस्य भिम बहादुर थापा, फुलबीना पौडेल, कृष्ण बहादुर थापा र मूल प्रवाह कि क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिला संयोजक पुस्पा पौडेल हुनुहुन्थ्यो ।
त्यस्तै केन्द्रीय प्रतिनिधि रतन सिंह, क्षेत्रीय साँस्कृतिक बिभाग कि कृष्ण कुमारी बिक, क्षेत्रीय सदस्य गङ्गा कडायत, राजु दुलाल, महिला उत्तर नगर बिभाग कि संयोजक बिजुला शर्मा र दक्षिण नगर महिला बिभाग कि संयोजक गुमा रानाले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
रामप्रसाद पौडेलको अध्यक्षता र सुर्य बहादुर थापाको सञ्चालनबाट अगाडि बढेको सो देउसी भैलोमा सहभागिहरुलाई घनश्याम शर्माले मन्तब्यद्धारा र कलाकारहरुले सांगितिक कोशेलीद्धारा स्वागत गर्नुभएको थियो ।
रक्तिमका कलाकारहरुद्वारा बिबिध साँस्कृतिक कार्यक्रम सहित गीत र नृत्य प्रस्तुत गरिएको थियो ।