प्युठानका कुँवरको भारतमा सडक दुर्घटनामा निधन

डेराबसी । प्युठानका राजकुमार कुँवरको भारतमा सडक दुर्घटनमा परी निधन भएको छ ।

भारत पन्जाब राज्यको डेराबसीमा नोभेम्बर १८, २०२३ का दिन नोभेम्बरको सडक दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको भोलिपल्ट १९नोभेम्बर १९० चन्डिगढस्थित सरकारी अस्पतालमा निधन भएको हो ।

सडक पार गर्ने क्रममा तेज गतिको अज्ञात नम्बरको कारको हान्दा गम्भीर घाइते ४० वर्षीय कुँवरको निधन भएको थाहा लागेपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाजको पहल तथा सक्रियतामा पोस्टमार्टम गरी नोभेम्बर २० का दिन दाहसंस्कार गरिएको छ ।

मृतक कुँवर डेराबसीस्थितमा प्राइभेट कम्पनीमा कार्यरत कुँवरको आर्थिक स्थिति कमजोर भएका कारण निजको दाहसंस्कार स्थलमा दुवै सङ्गठनले संयुक्त रूप ने।रु। ११ हजा तीन सय ६० रुपियाँ सहयोगसमेत गरेका थिए ।

दाहसंस्कारपछि श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो । सभामा एक मिनेट मौनधारणसँगै मूल प्रवाहका दिनेश खड्का र प्रवासी नेपाली एकता समाजका गोविन्द पाण्डेले शोक मन्तव्य राख्नुभएको थियो ।

दाहसंस्कारस्थलमा मृतकका भाइ, आफन्तसहित सङ्गठनका नेता दीपक थापा, शान्ता बस्नेत पाण्डे, उमा नेपाली, सङ्गिता थापा, थमन थापा, मानबहादुर केसी, श्याम धिमाल, मन्जु केसी, सुमित्रा रुचाल, बाबुराम रुचाल, तुल्सी पुनलगाएतको दाहसंस्कारमा उपस्थिति रहेको थियो ।

प्युठान नारिकोट जन्मेका कुँवर पछिल्लो समयमा दाङको गढवामा बस्दै आउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार