कविता : छोरी

  • सविता शर्मा

छोरी तिमि धरती हौ
छोरी तिमि धरती हौ

त्यसैले असंख्य पईतलाको भार सहन सक्छौ
अनी तिमि समुद्र हौ, शांत र स्थिर देखिन्छौं

शांत र स्थिर हुनुको अर्थ,
तिमि कदापि कमजोर र डरपोक छैनौ
छोरी तिमि धरती हौ,
छोरी तिमि एसतो बनी देऊ
तिम्रो अंगरक्षक आफै बनीदेऊ
कलम मात्र होइन धारिलो हथियार बनीदेऊ
सधै शालीनताको मिठो शब्द हैंन
विद्रोहका लागि पनि धारिलो शब्द बोल्ने गर
सताईराछ,
शालीन नानु तिम्रो घटनाले कसईको भरोसा हरायो
राम्रो छोरी जन्मनाउनु डर भयो
घटना के हो संका आशंकाको गर्भमा नै होला
ति आमा बाबुको मन कती रोइरहेको होला

छोरी तिमि धरती हौ
छोरी तिमि धरती हौ ।

(लेखकः मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर महिला विभाग सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार