दमनमा मनाईयो ११४औं महिला दिवस

दमन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दमन नगर अन्तर्गत महिला विभागको आयोजनामा ८ मार्च २०२४ का दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दमन नगर महिला विभाग कि संयोजक दुर्गा रानाको अध्यक्षता र मूल प्रवाह पश्चिम भारत क्षेत्रीय सदस्य तथा दमन नगर अध्यक्ष शेरबहादुर विक, प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा क्षेत्रीय सदस्य सेर सिंह आउजी, नगर उपाध्यक्ष भगत सिंह विक, नगर सचिव प्रकाश सनम समिति गणेश ओझा लगायत अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुति पनि गरियेको थियो । सानु देउवाले सञ्चालन गर्नु भएको कार्यक्रममा पुजा आउजीले शब्दद्वारा स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार