हैदरावादमा १३५औं श्रमिक मजदुर दिवस सम्पन्न

तिलक राना
हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १३५औं अन्तर्रास्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न भएको छ । कार्यक्रम घनश्याम शर्माको अध्यक्षता तिलक रानाको सञ्चालन र तेजेन्द्र प्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य फुलबिना पौडेल, केन्द्रीय सदस्य कृष्ण बहादुर थापा, केन्द्रीय प्रतिनिधि रतन सिंह, राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका खिम बहादुर बिकले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा सहिदहरुको सम्झनामा एक मिनेट मौनधारणा गरिएको थियो १३५ औं अन्तर्रास्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि मूल प्रवाह महासचिव प्रेम पौडेलले मजदुर दिवस सबैले मनाउँदै आएको तर श्रमजीवी वर्गले मजदुर दिवस मनाउनु आफ्नै महत्व रहेको बताउनु भयो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको समय तोकिए पनि व्यबहारमा लागू नभएको १३५ वर्ष बिति सक्दा पनि श्रमजीवी वर्गको समस्या जीउको तिउ रहेको पुजिपती वर्गले अझै पनि श्रमजीवी वर्गलाई शोषण दमन अन्याय अत्याचार गरेको बताउनु भयो । अगाडि बोल्दै श्रमजीवी वर्गको चेतनाको विकास नगरेसम्म श्रमजीवी वर्ग पछाडि पर्ने बताउनु भयो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फुलबिना पौडेल, कृष्ण बहादुर थापा, रतन सिंह बिक, खिम बहादुर बिक, क्षेत्रीय सदस्य कुमार थापा, क्षेत्रीय सदस्य सुर्य बहादुर थापा, उत्तर नगर समिति नरेन्द्र शर्मा, मध्य नगर समिति सोबिता पौडेल, दक्षिण नगर समिति दल बहादुर थापा, क्षेत्रीय महिला विभाग पुष्पा पौडेल, रक्तिम विभाग माया थापाले सुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार