निखिल रावत
वापी, ७ मई । नेपाल घर गुल्मी जिल्ला सत्यवती गाउँपालिका ७ जवांग स्थायी घर भएका कुम बहादुर बिसी केहि समयदेखी गुजरातको वापीमा बस्दै आउनु भएको थियो । केही दिन पहिला वापीको हरिया हस्पिटलमा मुटुको अप्रेसन भएको र उहाँको पारिवारीक अवस्था कमजोर भएको र उहाँले डाक्टरसँग सल्लाह गर्दा डाक्टरले घर जादा हुने तर, लगभग ६ महिनासम्म केहि पनि गर्न नहुने बताएका थिए । उहाँले मूल प्रवाह पश्चिम भारत क्षेत्रीय महिला बिभाग कि संयोजक विस्नु माया शर्मा, श्री दुर्गेश्वरी ट्राभल्सका स्टाफ बाबुराम बिस्वकर्मासँग घर जानको लागि सहयोगको लागि अपेक्षा राखेका थिए ।
कुम बहादुर बिसीको अनुरोध पछि विष्नु माया शर्मा, बाबुराम विस्वकर्मा तथा श्याम सुनारले गरेको प्रतिवद्धता अनुसार श्री दुर्गेश्वरी ट्राभल्सका सञ्चालक समाज सेवी व्यावसाहि दिनेश खत्री, भारत म्यानेजर प्रेम ढकाल, बुटवल म्यानेजर दिनेश कार्की समक्ष कुरा राखेर कुम बहादुर बिसी र उहाँको श्रीमतीको आर्थिक अवस्था कमजोर भएकोले नेपालसम्म जाने व्यवस्था मिलाई दिन आग्रह गर्नुभएको थियो ।
तत्तपश्चात श्री दुर्गेश्वरी ट्राभल्सको तर्फबाट निशुल्कमा बुटवलसम्म जाने पास उपलब्ध गराउनु भएको थियो । यस्तै मूल प्रवाह पश्चिम भारत क्षेत्रीय महिला बिभाग कि संयोजक बिष्णु माया शर्मा दुर्गेश्वरी ट्रवल्सका स्टाफ बाबुराम विश्वकर्मा समाज सेवी श्याम सुनारको पहलमा आर्थिक संकलन गरेर भारु २२ हजार ९५०/– नेरु. ३६ हजार ७२०/– आर्थिक सहयोग पनि गरिएको छ ।