काला अम्बमा मूल प्रवाहको नगर समिति गठन

कालाअम्ब । हिमाचलको सिरमौर जिल्ला तथा हरियाणाको अम्बाला जिल्लाको बिचमा रहेको औद्योगिक शहरको काला अम्बमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेला सम्पन्न भएको छ । भेला बलराज काल्चे, बिबी कोपिला, उर्मिला कोपिलाको पहलकदमी एवं केन्द्रीय अध्यक्ष ठाकुर खनालको विशेष उपस्थितिमा सम्पन्न भएको हो । भेलामा काला अम्बमा रहनुहुने नेपाली जनसमुदायको विशाल सहभागिता थियो ।

भेलाले बलराज काल्चेको अध्यक्षमा १३ सदस्यीय काला अम्ब नगर समिति निर्माण गरिएको छ । जसमाः उपाध्यक्ष– कमल श्रेष्ठ, सचिव– सुरज थापा, सहसचिव– बब्लु राज, कोषाध्यक्ष– हुमलाल भण्डारी, सदस्यहरुमाः शिवलाल शर्मा, देवराज अधिकारी, मान सिंह, सुरेशकुमार, वीर बहादुर, पवन थापा, मिलन कुमार सुवेदी र एक स्थान रिक्त रहेको छ ।

त्यसैगरी भेलाले विनु कुँवरको संयोजकत्वमा ७ सदस्यीय महिला नगर विभाग पनि गठन गरिएको छ । सदस्यहरुमाः सरिता खत्री, कल्पना शर्मा, मधु राना, राधा, माया अधिकारी र एक स्थान रिक्त रहेको छ ।

जनक राजको अध्यक्षता मिलन कुमार सुवेदीको सञ्चालनमा अगाडि अबढेको उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनाल अतिथिहरुमा केन्द्रीय सदस्यद्वय नेत्र गुरुङ, शोभाखर पंथ, केन्द्रीय सांस्कृतिक विभागका विनु नेपाली, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा चण्डीगढ नगर अध्यक्ष मान बहादुर केसी, केन्द्रीय परिषद तथा भिवानी नगर सदस्य बि बि कोपिला, सुदुर पश्चिमोत्तर क्षेत्रीय महिला विभाग कि सरस्वता भुसाल, पश्चिमोत्तर क्षेत्रीय महिला विभाग कि उर्मिला कोपिलाको आतिथ्यता पछि ज्ञात अज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो । भेलामा सहभागीहरुलाई देवराज अधिकारीले शब्दबाट र चण्डीगढ सांस्कृतिक विभागका कलाकारले गित संगीतबाट स्वागत गर्नु भएको थियो ।

‘हामी नेपाली देश विद्यमान बेरोजगारीको विदेशिन बाध्य भएका हौं । नेपालीहरु जहाँ गए पनि अपहेलित र त्यस देशका नागरिकले छोडेका काम गर्न बाध्य छौं । भारतमा १९५० को सन्धिले समान अधिकार र समान व्यवहारको कुरा गरेको छ । तर हामी भेदभाव र अपमानित हुनुपरेको छ ।’ भेलाको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नु भयो । भेलालाई सम्बोधन गर्दै अगाडि भन्नु भयो– ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज स्थापना कालदेखि नै नेपालीहरुको हकहित, सुरक्षा, न्याय र समानताको काम गर्दै आएको छ । संगठनको बलमै बिगतमा नेपालीहरु माथि भएका हत्या हिंसा बलात्कारका घटनाहरुमा न्याय दिलाउन सम्भव भएको हो । संगठन जति घनिभुत हुन्छ हाम्रो शक्ति बढ्दै जाने हो । हामी संगठित हुँदै हामी रहेका सामाजिक कुरिती कुसंस्कारहरुलाई हटाउँदै वर्गीय भाईचारालाई बढाउन आजको भेलाले ठूलो महत्व राख्ने छ ।’

भेलामा नगर समितिको नामावलीको घोषणा केन्द्रीय सदस्य सोभाखर पन्थ र महिला विभागको घोषणा अर्का केन्द्रीय सदस्य नेत्र गुरुङले गर्नु भयो । समितिको तर्फबाट अध्यक्ष बलराज काल्चे र महिला विभागबाट विनु कवरले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो ।

भेलामा सहभागी सबै अतिथिहरुले नयाँ समितिलाई बधाई एवं शुभकामना दिनु भएको थियो । सोही दिन सम्पन्न नयाँ समितिको प्रथम बैठकले काला अम्बमा न्युनतम ३०० सदस्य बनाउने र एरिया टोल समिति गठन गरि संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार