मूल प्रवाह मध्य दक्षिण अन्तर्गतका विभिन्न बिभागका भेलाहरू सम्पन्न

रामप्रसाद पौडेल,
हैदराबाद, २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगतका जनजाति, समता, साँस्कृतिक र बिद्यार्थी बिभागको भेला संयुक्त रुपमा हैदराबादमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मूल प्रवाहका महासचिव प्रेम पौडेलले मैन बत्ती बालेर गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा उहाँले भारतमा प्रबासमा विभिन्न बिभागहरुको किन आबस्यक रहेको छ ? यी बिभागहरुको उद्देश्य के रहेको छ भन्ने बारेमा प्रस्ट पार्दै अन्ततः ब्यबस्था परिबर्तन गर्नको लागि आवश्यक रहेको बताउनु भयो । भारतमा रहेर अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई संगठनमा आवद्ध गराएर उनीहरुलाई देशको बारेमा रुबरु गराउँदै सचेत बनाउने काम गरेको बताउनु भयो ।

मूल प्रवाह नै भारतमा रहने आम शोशित पिडित नेपालीहरू चाहे ती मजदुर हुन्, चाहे बुद्धिजीवी सबैप्रकारका नेपालीहरुलाई सचेत गराउने, नराम्रो र गलत बाटोबाट सु मार्गमा ल्याउन अभिभाबकिय भुमिका खेल्दै आएको पौडेलले बताउनुभयो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापा, केन्द्रीय प्रतिनिधि रतन सिंह, केन्द्रीय सदस्य फुलबिना पौडेल, पुर्ब केन्द्रीय सदस्य तथा रास्ट्रिय जनमोर्चा झिम्रुकका खिम बहादुर बिकले बधाई तथा शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रम तिलक रानाको सञ्चालन, रामप्रसाद पौडेलको अध्यक्षता अतिथिहरुको आसन ग्रहण, वीर सहिदहरुप्रती एक मिनेट मौनधारण पश्चात् घनश्याम शर्माले स्वागत गर्नुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गतका विभिन्न बिभागहरुका नामावली क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो जो यसप्रकार रहेका छन् ।

जनजाति विभाग :
कुमार थापा को संयोजकत्वमा एक रिक्त स्थान सहित १५ सदस्यीय क्षेत्रीय विभाग गठन गरियो २) राम बहादुर आले ३) प्रकाश राना ४), धन बहादुर थापा ५), याम बहादुर थापा ६) मीन बहादुर थापा ७) इस्वर पुन ८) भुपाल ठाडा राना, ९) पृतम पुन १०) लिल बहादुर थापा ११) गुमा राना १२) नुम लाल राहुँ मगर १३) शशि थापा १४) शिव राई १५) रिक्त स्थान रहनु भएको छ ।

समता विभाग :
वीर बहादुर बिकको संयोजकत्वमा १५ सदस्यीय क्षेत्रीय विभाग गठन गरियो २) बिकास परियार ३) प्रेम बिक ४) रुद्र बिक ५) पुर्ण बहादुर बिक ६) हरि प्रसाद बिक ७) मानिस बिक ८) हेमलाल बिक ९) रत्न बहादुर पोख्रेल १०) देवि दुलाल ११) राजु रामदाम १२) सम्झना दुलाल १३) अमृता नेपाली १४) ओमन नेपाली १५) अशोक बसेल रहनु भएको छ ।

सांस्कृतिक विभाग :
माया थापाको संयोजकत्वमा ७ सदस्यीय क्षेत्रीय विभाग गठन गरियो २) किस्न कुमारी बि क ३) वीर बहादुर बि क ४) टिकाराम थापा तुफान ५) दल बहादुर थापा ६) कुमार थापा ७) शशि थापा रहनु भएको छ ।

कलाकारहरू (१) ममता कडायत २) समिता दुलाल ३) श्रीजना दुलाल ४) कुसुम क्षेत्री ५) गंगा केसी ६) श्रीजना बिसी ७) प्रतीक्षा शाही ८) तुलसा शाही ९) सरिता नेपाली १०) निष्मा पौडेल ११) समीर दुलाल १२) सन्जोग दुलाल १३) हिमाल पौडेल १४) सागर पौडेल १५) स्वेता सप्लाङ १६) बसन्त बस्याल १७) तारा राना १८) टिकाराम थापा १९ अक्षिता सुनार रहनु भएको छ ।

बिद्यार्थी विभागः
११ सदस्यीय क्षेत्रीय विभाग गठन गरियो १) अध्यक्ष– हिमाल पौडेल २) उपाध्यक्ष– समीर दुलाल ३) सचीव– कुसुम क्षेत्री ४) सहसचीव– ममता कडायत ५) कोषाध्यक्ष– पुष्पा शमार्, सदस्यहरू ६) किरण थापा ७) प्रकाश थापा ८) प्रतीक्षा शाही ९) नवीन पौडेल १०) सुनिता थापा ११) सन्जोग दुलाल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार